Bisal Chautari Logo

आँचलको फुलीमा पल्के पल (भिडियो)

- ९ जेष्ठ २०७५, बुधबार १५:३१ मा प्रकाशित


Paul Shah and Aanchal Sharma Kamal Kiran song
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ जेठ ९, बुधबार । नायक पल शाह नायिका आँचल शर्माको फुलीमा पल्केका छन् । गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल-आँचल एकसाथ देखिएका छन् । गीतको भिडियोमा आँचलको पछि-पछि पल देखिएका छन् ।
अचानक भेट हुँदा पल-आँचलको टकराव शूरु भएपछि पलले आफु आँचलको फुलीमा पल्केको बताईरहेको दृश्य भिडियोमा छ । विकास सुवेदीले भिडियो निर्देशन गरेका छन् । गीतमा एक नारायण भण्डारीका शब्द छन् भने आशिष अबिरलको संगीत छ ।
गीतमा पल र आँचलको साथमा शाइनिङ्ग डान्स क्रुको नृत्य छ भने नृत्य निर्देशन अनुराग ठकुरीको हो । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :-

प्रतिक्रिया