Bisal Chautari Logo

डिआइजी सर्वेन्द्रलाई ‘फाटेको जुत्ता’ निर्माता अर्जुनको उपहार

- ७ कार्तिक २०७४, मंगलवार १२:०८ मा प्रकाशित


sarbendra khanal and Arjun Kumar movie fateko jutta
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक ७, मंगलबार । निर्माता अर्जुन कुमारले महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सवेन्द्र खनाललाई भेटेर ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरेका छन् ।
अर्जुनले सामाग्री हस्तान्तरणपछि सवेन्द्र खनाल निकै खुशी भएको बताए । ट्राफिकसँग ट्राफिक व्यवस्थापनका लागि पर्याप्त सामाग्री नरहेको भन्दै सहयोग गरेको अर्जुनले बताए । ३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड पाएपछि खनालले यसको सदुपयोग गर्ने बताएका थिए ।
कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भूमिका छ । कमेडी जनरामा बनेको यो चलचित्रको ट्रेलरले अहिले राम्रै चर्चा पाइरहेको छ ।

प्रतिक्रिया