Bisal Chautari Logo

‘एप्पल वल्र्ड मोबाइल’को पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न || सेलिब्रेटि र ग्राहकको साथ (फोटोफिचरसहित)

- २ पुष २०७३, शनिबार ०६:१७ मा प्रकाशित


CTV Apple World Mobile Pvt.Ltd. 1st anniversary
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७३ पौष १ शुक्रबार । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वल्र्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सब भब्यताका साथ मनाएको छ । पहिलो बार्षिकोत्सबलाई शुभकामना दिनका लागी सेलिव्रेटिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversaryदरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलको पहिलो बार्षिकोत्सब मनाउन पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, चर्चित अभिनेत्री मेलिना मानन्धर, निर्देशक दिनेश डिसी, अभिनेता आयुषमान देशराज श्रेष्ठ, अभिनेत्री ओसिमा बानु, बैंकर संघका अध्यक्ष अनिल केशरी शाह, आइएमसका प्रेशिडेन्ट दिकेश मलहोत्रा, गायिका तायाहाङमा राई, मोडल ह्यारी योन्जन लगायत नेपाली सिने क्षेत्रका कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

१५ दिन सम्म सबै ब्राण्डका मोबाइल सस्तोमा

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-8एप्पल वल्र्ड मोबाइलले पहिलो वार्षिकोत्सवको अवसरमा मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वल्र्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको अबसर पार्दै सुपरमार्केट जस्तै मोबाइलमा फिक्स मुल्य राखी मोबाइलको कारोबार गर्ने भएको हो । अन्यत्र भन्दा सस्तो मुल्यमा सबै ब्राण्डका मोबाइल उपलब्ध गराउने एप्पल वल्र्डले १५ दिन सम्म फिक्स मुल्य राखेर कारोबार गर्न लागेको हो ।
प्रथम बार्षिकोत्स मनाउन आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको बताउदै एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले उपभोक्तालाइ समय र पैसाको सदुपयोग गर्दै ढुक्क भएर मोबाइल एक्सचेन्ज, रिपेयर र मोबाइल खरिद गर्न आब्हान गरे ।
ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-4बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वल्र्ड्भिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दशैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा गरेको छ ।
बम्पर पुरस्कार अन्तर्गतको स्कुटर नवलपरासीका जनक ढकालले प्राप्त गरेका छन् । उनले सिटिसी मलको द वल्र्ड्भिजन मोबाइलमा सेट खरिद गरेका थिए । बिजेताको घोषणा बैंकर संघका अध्यक्ष अनिल केशरी शाहले गरेका थिए ।

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-13

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-1

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-6

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-3

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-7

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-2

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-10

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-11

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-12

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-15

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-16

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-17

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-9

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-5

ctv-apple-world-mobile-pvt-ltd-1st-anniversary-1

प्रतिक्रिया