Bisal Chautari Logo

दरबारमार्गको मर्कनटायल प्लाजास्थित एप्पल वल्र्ड मोबाइलमा ५० प्रतिशत सम्म बिशेष छुट

- २४ कार्तिक २०७३, बुधबार ०४:०० मा प्रकाशित


CTV Mobile Apple World offering 50 % heavy discountsT
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ कात्तिक २३ मंगलबार । दरबारमार्ग स्थित मर्कन्टायल प्लाजामा रहेको नेपालकै उत्कृष्ट मल्टिब्राण्ड मोबाइल सोरुम एप्पल वल्र्डले मोबाइल खरिद, मर्मत तथा एक्सचेन्जमा बिशेष छुटको अफर ल्याएको छ । आफ्नो मल्टिब्राण्ड सोरुमको प्रमोशनका लागि नेपालमा पहिलोपटक बिशेष छुट सहित यस्तो योजना ल्याइएको एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
apple-world-offering-heavy-discountst-in-nepalएकैछाना मुनी बिश्व बजारमा पाइने सबै मोबाइलको कारोबार गर्दै आएको एप्पल वल्र्डले डेड दर्जन मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । एप्पल वल्र्ड मोबाइलले ६० मिनेटमा जुनसुकै मोबाइलको पनि मर्मत गर्ने ब्यबस्था गरेको छ । मोबाइल एशोसरिजमा ३५ प्रतिशत, मोबाइल मर्मतको सर्भिस चार्जमा ५० प्रतिशत, र मोबाइल खरिदमा मोडल हेरि ५० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ ।
apple-world-offering-heavy-discountst-in-nepal-1जुनसुकै मोबाइलमा समस्या आएपनि ६० मिनेटमै मर्मत गरिनुका साथै मोबाइल एक्सचेन्जमा राम्रो भ्यालु दिने सुबिधा समेत रहेको ग्लाइडरले जानकारी दिए ।
बिश्व बजारमा पाइने ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको एप्पल वल्र्डले ३५० वटा मोडलका मोबाइलको टच एण्ड फिल जोन राखेको बताउादै निर्देशक संगम राइले बिभिन्न कम्पनीका ल्यापटपहरु समेत कारोबारका लागि राखिएको जानकारी दिए ।
सोरुममा सामसुङ, एचटिसी , जेटटिई ,हुवावे, एमआइ, ओप्पो, मेइजु, माइक्रोम्याक्स, एलजी, पानासोनिक, जियोनी, सोनी,सिजी , युएमआइ , ओबिआइ, माइक्रोसफ्ट, वान प्लस थ्रि र गुगलफोन का टचएण्ड फिल काउन्टर राखेको छ ।
छट पर्वको दिनबाट सुरु भएको यो योजना स्टक रहुन्जेल मात्र लागू गरिने मर्कनटायल प्लाजामा रहेको एप्पल वल्र्डले जनाएको छ ।

प्रतिक्रिया