Bisal Chautari Logo

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार || लक्कि ड्रबाट प्रथमलाई यामाहाको फसिन स्कुटर

- १३ आश्विन २०७३, बिहीबार ०५:४८ मा प्रकाशित


ctv mobile dashain tihar offer
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १३ बिहिबार । सिटिभी मोबाइलले आउटलेट (आधिकारीक बिक्रेता)बाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैं तिहार बम्पर उपहारको योजना ल्याइएको छ ।
ctv-mobile-dashain-tihar-offer-1ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्ड्भिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ ।
दशैं तिहार बम्पर उपहार सँगै आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । स्टकमा रहेका मोबाइल ५० प्रतिशत सम्म छुट दिइएको सिटिभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।
ctv-mobile-dashain-tihar-offer-2असोज ७ गतेबाट मंसिर ७ गतेसम्म आफ्ना आउटलेटबाट मोबाइल खरीद गर्ने ग्राहकहरुवीच लक्कि ड्र गरि प्रथम हुने एकजनालाई यामाहा कम्पनीको फसिन स्कुटर, दोस्रो हुने एकजनालाई ४२ इन्चको सामसङ टिभी, तेस्रो हुने एकजनालाई हुवावेको पि ९ मोबाइल प्रदान गर्ने भएको छ ।
सान्त्वना पुरस्कारमा हुवावे, सामसुङ, ओप्पो, युएमआई, जियोनी, कलर्श, पानासोनिक, एलजी, सिजी, इन्टेक्स, एमआई, लेनेभो, सोनी, जेटइ, मिजु, माइक्रोसफ्ट मोबाइल कम्पनीका मोबाइल बितरण गरिने जनाएको छ ।

प्रतिक्रिया