Bisal Chautari Logo

चलचित्र ‘कान्छी’को ‘चरी चट्ट परी’ गीत सार्वजनिक || श्वेतासंग दयाहाङले यसरी नाचे (भिडियो सहित)

- १६ कार्तिक २०७४, बिहीबार १२:५८ मा प्रकाशित


Dayahang Rai and Shweta Khadka dance Nepali Movie KANCHHI Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १६, बिहिबार । चलचित्र ‘कोहिनूर’पछि कमब्याक गरेकी अभिनेत्री श्वेता खड्का तथा अभिनेता दयाहाङ राई अभिनित चलचित्र ‘कान्छी’को पहिलो गीति भिडियो रिलिज भएको छ । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको ‘चरी चट्ट परी’ बोलको गीतिमा राजनराजकै स्वर रहेको छ भने, अञ्जु पन्तको फिमेल भोकल छ ।
निकै नै मिहेनत गरिएको गीतमा श्वेतासाग अभिनेता दयाहाङ राई, कलाकार प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतले कम्मर मर्काएका छन् । वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले दयाहाङलाई पहिलो पटक सरल तरिकाले नचाएका छन् । पुरुषोत्तम प्रधानले भिडियो आकर्षक खिचेका छन् ।
आकाश अधिकारी निर्देशित फिल्म ‘कान्छी’को सम्पूर्ण छायाँकन सकेर पहिलो गीति भिडियो सार्वजनिक गरिएको हो । फिल्मको प्रदर्शन मिति माघ २६ लाई तोकिएको छ ।
फिल्ममा श्वेता र दयाहाङसागै निर शाह, प्रज्जवल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘कान्छी’ मा राजराजसागै अर्जुन पोखरेलको संगीत रहेको छ भने रविन खड्का र शैलेस खड्का निर्माताको रुपमा छन् ।

गीत हेर्नुहोस् :


Cast: Dayahang Rai,Shweta Khadka,Ashant Sharma,Anu Shah,Kameshor Chaurasiya,Prajwal Sujal Giri,Binod Neupane, Bhumika Shrestha,Ramesh Adhikari,Jay Nanda Lama & Nir Shah.
Vocal: Rajan Raj Shiwakoti / Anju Panta
Lyrics & Music: Rajan Raj Shiwakoti
Choreographer: Basanta Shrestha
Color Grading: Renish Phago
Editor: Banish Shah / Bhupendra Adhikari
Animation: Anupam Shah
Cinematographer: Purushottam Pradhan
Asst. Camera: Sher Bahadur Lama
Asst. Directors: Dipta Prakash Adhikari / Sulabh Pahari
Writer: Yam Thapa
Action: Himal KC
5.1 Mixing: Mukesh Shah
Post Production: Kindle Cine Studio
Production Designer: Arun Regmi
Production Manager: Dilip Pant
Co-Producer: Rabin Khadka
Producer: Shweta Khadka / Shailesh Khadka
Director: Akash Adhikari

प्रतिक्रिया