Bisal Chautari Logo

‘मिस्टर झोले’ हेर्न दयाहाङ, छोरा र श्रीमतीसंग || प्रेस शोमा ‘मिस्टर झोले’ रुचाइयो (भिडियो सहित)

- २८ पुष २०७४, शुक्रबार १३:३५ मा प्रकाशित


dayahang rai movie Mr Jholay watch with son and wife

विशाल चौतारी समाचार
काठमाडौा, २०७४ पौस २८ शुक्रबार । चर्चित निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘मिस्टर झोले’ को शुक्रबार बिहानै प्रेस शो गरिएको छ । पब्लिक शोमा गरिएको प्रेस शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । विशेष गरी चलचित्रमा समावेश रमाईला संवाद र कलाकारको अभिनय राम्रो लागेको चलचित्र हेरेर निस्किएका कलाकार, पत्रकार र दर्शकले प्रतिक्रिया दिए ।

छोरासँग दयाहाङ भिडियो हेर्नुहोस् :-

प्रेस शोमा अभिनेता राई पत्नी र छोरा सहित उपस्थित थिए । चलचित्र हेरेपछि छोरासँग दयाको प्रेम हेर्न लायकको रह्यो । श्रीमती बेनुका राईले ‘मिस्टर झोले’ राम्रो लागेको बताइन् । ‘यो फिल्म दर्शकलाई पनि मन पर्छ’, श्रीमती राईले भनिन्।
यस्तै निर्देशक सुवर्ण थापाले फिल्ममा हरेक कलाकारको प्रस्तुती राम्रो रहेको बताए । प्रेस शोमा दया सहित निर्देशक गुरुङ, नायिका दिया पुन, निर्माताहरु टेकेन खड्का, रौनक विक्रम कंडेल, कलाकार कमलमणी नेपाल लगायत उपस्थिति थिए ।
नायक संजोग कोइराला, नायिका मेनुका प्रधान, सृजना सुब्बा लगायतले फस्ट शोमा मिस्टर झोले हेरे । चलचित्रकी अर्की नायिका बर्षा राउत भने यतिबेला अष्ट्रेलियामा छिन् ।

Dayahang Rai and Deeya Pun

dayahang rai with son and wife

 

प्रतिक्रिया