Bisal Chautari Logo

पाकिस्तानी कलेजमा बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा, नौ जनाको मृत्यु

- १५ मंसिर २०७४, शुक्रबार ११:३३ मा प्रकाशित


Death of nine people, blind man shot
विशाल चौतारी समाचार
पाकिस्तान,२०७४ मंसिर १५ शुक्रवार । पाकिस्तानको पेशावरस्थित एक कलेजमा प्रवेश गरी बन्दुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा नौ जनाको ज्यान गएको छ।
मारिनेमध्ये ८ जना विद्यार्थी र एक जना कर्मचारी रहेको प्रहरीले बताएको छ। अन्य ३६ जना घाइते छन्।
बुर्का लगाएका कम्तीमा तीन पुरुष रिक्सामा पेशावरस्थित कृषि तालिम केन्द्र पुगेको र त्यहाँभित्र प्रवेश गरेको बताइएको छ। सेनाका अनुसार सबै आक्रमणकारी मारिएका छन्।
पाकिस्तानी तालिवानले आक्रमण आफूहरुले गराएको बताएको छ। इद ए मिलादको छुट्टीमा कलेज बन्द रहेको ठानिएको छ। कलेजभित्रबाट कम्तीमा एउटा विस्फोटको आवाज सुनिएको सेनालाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी र सेनाले उक्त क्षेत्रलाई घेराबन्दी गरेका छन्।
एक जना घाइते विद्यार्थीले रोयटर्सलाई बताएअनुसार, कलेजभित्रै बस्ने ४०० जना विद्यार्थीमध्ये करिब १२० जना आक्रमणको समयमा उपस्थित रहेको बताइएको छ।बीबीसी

प्रतिक्रिया