Bisal Chautari Logo

विजयी र्‍यालीबाट फर्कदा दुर्घटना परी एकको मृत्यु

- २५ मंसिर २०७४, सोमबार ०८:४२ मा प्रकाशित


Death of the accident angel Manoj
विशाल चौतारी समाचार
नुवाकोट,२०७४ मंसिर २५ सोमवार । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हँुदा एकको मृत्यु भएको छ । दुर्घटना परी सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका १९ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको हो ।
                                                                                                                      फाइल फोटो

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा निकालिएको विजयी र्‍यालीमा सहभागी भएर फर्किदा शिवपुरी गाउँपालिका–३ काउलेमा बिहान २ बजे मोटरसाकइल दुर्घटनामा परी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले चलाएको बा२८प २१९४ नंं को मोटरसाइकल अनियन्त्रित भएर सडकबाट २०० मिटर तल पुग्दा घटनास्थलमा नै श्रेष्ठको ज्यान गएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । शव परीक्षणको लागि जिल्ला अस्पतालमा ल्याउन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

प्रतिक्रिया