Bisal Chautari Logo

गायक देबेशको ‘दिक्तेल बजार’ सार्बजनिक || गायनसंगै मोड्लिङपनि (भिडियो सहित)

- १५ माघ २०७३, शनिबार १०:१४ मा प्रकाशित


Debesh Rai song Diktel Bazar the Journey Begun
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ १५ शनिबार । नेपाली तारा–३ मा फस्ट रनरअपको उपाधी बिजेता देवेश राई पछिल्लो समय साङ्गीतिक क्षेत्रमा ब्यस्त बनिरहेका छन् । गीत रेकर्डिङदेखी विभिन्न कन्सर्टहरुमा ब्यस्त गायक देबेशको केही दिन अगाडी ‘दिक्तेल बजार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
Debesh Rai song Diktel Bazar the Journey Begunगायक देबेशको पहिलो एल्बम ‘एण्ड दी जर्नि विगन’मा समावेश रहेको यो गीतको अडियो भने एक वर्ष अगाडी नै सार्वजनिक भइसकेको थियो । यस गीतमा कृष्ण कोइरालाको शब्द तथा संगीत रहेको छ, भने राजन इशानले एरेञ्ज गरेका छन् । यो गीतको अडियोलाई दर्शकहरुले धेरै रुचाएका थिए ।
गायक देबेशले सार्वजनिक गीतको बारेमा बोल्दै भने ‘–यो गीतले दिक्तेल बजार अनी म जम्मेको जिल्लालाई उतारेपनि गीत अडियो मात्र थियो । तर गीतलाई भिडियोमापनि उतार्दै दिक्तेलको रमणिय स्थानहरु सबै दर्शकस्रोताहरुलाई देखाउने सोच भएकाले भिडियो गरेको गायक देबेशले बताए ।
आश म्युजिक कम्पनीबाट सार्बजनिक भएको गायक देबेशको दिक्देल बजार बोलको गीतमा खोटाङ जिल्लाको विभिन्न रमणिय स्थान र दिक्तेन बजार नजिक छायांकन गरियको छ । म्युजिक भिडियोमा खोटाङ् जिल्लाका रमणिय दृश्यहरु देख्न पाइञ्छ ।
सचिन थापाले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयम गायक देबेश राई र चादनी राईको अभिनय रहेको छ । म्युजिक भिडियोमा गायक देबेश फरक लुक्समा देखिएका छन्, भने मोडल चादनीसंग रोमान्सपनि गरेका छन् । भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

Diktel Bazar#Debesh Rai & the Journey Begun# Full Oficial Music Video 2017

Diktel Bazar # Debesh Rai ..(& The journey Begun )
Lyrics & Music # Krishna Koirala
Arranger # Rajan Ishan
Dir & Shot # Sachin Thapa
Edit # Tekendra Shah
Audio & Video # Aashmusic Company
Artist #Chadani & Debesh

प्रतिक्रिया