Bisal Chautari Logo

छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा

- २८ पुष २०७४, शुक्रबार १०:०३ मा प्रकाशित


declaration-of-martyrs-to-16-killed-in-chanting
विशाल चौतारी समाचार
काठमाडौं ,२०७४ पुस २८ शुक्रबार । आज बिहान सकिएको मन्त्रिपरिषद् बैठकले २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ ।
२०३६ कात्तिक २७ गते छिन्ताङमा प्रहरीले गोली चलाउँदा १६ जनाको ज्यान गएको थियो । तत्कालीन पञ्चायती सरकारले धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ र आँखीसल्लाका १६ सर्वसाधारणको हत्या गरेको थियो।
आजको बैठकले प्रदेश राजधानी र प्रदेश प्रमुखबारे भने निर्णय गर्न सकेन तर अन्य ७ वटा निर्णय भने गरेको छ ।
भरखरै सकिएको मन्त्रिपरिषद् बैठकले आज पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय गर्न सकेन।
बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने निर्णय हुन सक्ने बताइएको थियो। यसका लागि अन्य दलसँग छलफल गर्नुपर्ने भएकाले आजै निर्णय गर्न नसकिएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।
सिंहदरबारमा बसेको बैठकले अन्य केही निर्णय गरेको छ।
यस्ता छन् आजका निर्णय:
धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने ।
उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने ।
सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने ।
प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने ।
न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने ।
२०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने ।
विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने ।

प्रतिक्रिया