Bisal Chautari Logo

शितलको मार्मिक गीतमा दिलिप र अनिताले आफ्नो सन्तान यसरी गुमाए (भिडियो सहित)

- ६ फाल्गुन २०७३, शुक्रबार १०:०२ मा प्रकाशित


Dilip Rayamajhi music video Chitakai Sital Karki song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ फाल्गुन ६ शुक्रबार । एउटी अबोध बालिकाको कलिलो उमेरमै निधन भएको वास्तविक घटनामा आधारित एउटा आधुनिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक शितल कार्कीको स्वरमा रेकर्ड भएको नयाँ गीत ‘चिताक बिछ्यौना…’ मा उक्त दु:खदघटनालाई चित्रण गरिएको छ । सर्पको टोकाइबाट जीवन गुमाएकी ती अबोध बालिका गायिका शितल कार्कीकी भतिजी हुन् ।
Dilip Rayamajhi music video Chitakai Sital Karki songविभिन्न टेलिभिजन च्यानल तथा यूट्युबमार्फत सार्वजनिक भएको उक्त भिडियोमा तराई मूलका एक दम्पत्तिले आफ्नो सन्तान गुमाएको विषयलाई चित्रण गरिएको छ । भिडियोलाई निर्देशक सुरेश थापाले निर्देशन गरेका हुन् । गायक कार्कीकै संगीत निर्देशनको उक्त गीतका शब्दहरु कुमार अजनबीले रचना गरेका हुन् । अभिनेता दिलिप रायमाझी तथा अनिता दंगालले निधन हुने सन्तानको बुवा–आमाको भूमिका निर्वाह गरेका छन् । उनीहरुको सन्तानको भूमिका प्रत्युष सुवेदीले निर्वाह गरेका छन् । यो गीत गायक कार्कीको एल्बम ‘ओस्कार’ मा समावेश गरिएको छ । बुद्ध थापाद्वारा छायांकन गरिएको यो भिडियोलाई सुरेश राउतले सम्पादन गरेका हुन् । यूट्युबमा यो भिडियो सङ्स नेपाल च्यानलबाट अपलोड गरिएको छ ।
यस्तो छ भिडियो :

Chitakai – Sital Karki Ft. Dilip Rayamajhi | New Nepali Adhunik Song 2017

ALBUM: OSCAR
Vocal / Music: Sital Karki
Lyrics: Kumar Ajnabi

Model: Dilip Rayamajhi and Anita
Camera: Buddha Thapa
Edit: Suresh Raut
Direction: Suresh Thapa

प्रतिक्रिया