Bisal Chautari Logo

नायिका दिपशिखाले किन कपाल मुण्डन पारिन् ? (भिडियो सहित)

- २५ बैशाख २०७५, मंगलवार १५:१७ मा प्रकाशित


dipshikha khadka
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख २५, मंगलबार । चलचित्र ‘प्रेमलीला’को अहिले धमाधम छायांकन भैरहेको छ । पोखरा छायांकन सकेर राजधानीमा छायांकन गर्ने भनिएको फिल्मको नायिका तथा निर्मात्री दीपशिखा खड्काले कपाल मुण्डन गरेकी छिन् । फिल्मको छायांकन चलिरहेको बेलामा किन कपाल मुण्डन गर्नु भएको त ? भनेर प्रश्न गर्दा उनले भनिन् ‘यो मुण्डनको रहस्य भन्न मिल्दैन, तर केहि समयपछि तपाईहरुले आफै थाहा पाउनु हुनेछ ।’ उनको यो भनाईले के प्रस्ट हुन्छ भने मुण्डनको राज कि त स्वयंम उनलाई नै थाहा छ, कि आउने दिनमा नै थाहा हुने नै छ ।
फिल्ममा समाबेश ‘जाने क्या हुवा ए’ बोलको हिन्दी गीतको केहि दिन अगाडी पोखरामा छायााकन सकिएको छ । गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् भने गीतमा नायिका दिपशिखा खड्का र नायक अली खान फिचरिङ्ग रहेका छन् । गीत छायांकनको तस्बिरहरु हेर्दा र फिल्मको नाम बाट नै थाहा हुन्छ कि फिल्म तथा गीत लभ जनरामा रहेको छ ।
छायांकन गरिएको गीतमा वलिउड गायक राजा हसन को स्वर रहेको छ । चलचित्र कि निर्माता तथा नायिका दिपशिखा खड्का ले चलचित्रमा हिन्दी गीत कथाको माग अनुसार नै राखिएको बताएकी छिन् । चलचित्रका नायक अली खानले आफुले पहिलो पल्ट नेपाली चलचित्रमा अभिनय गर्न पाउदा निकै खुशी लागेको बताएका छिन् । खान बलिउड अभिनेता हुन् जसलाई चलचित्रको कथा अनुसार हिन्दी बोल्न सक्ने पात्र लाई न्याय दिलाउन आफुहरुले इन्डिया देखी नेपाल ल्याएको नायिका तथा निर्मात्री खड्काले बताएकी छिन् ।
नायिका तथा निर्मात्री खड्काकै कथा रहेको चलचित्र ‘प्रेमलीला’लाई निर्देशक जनक पाण्डेले निर्देशन गर्दैछन । पवन गौतमको फिल्ममा छायांकन रहेको छ । चलचित्रमा संगीतकारहरु महेश खड्का,नबिन कार्की र रबिराज शाहको संगीत रहेको छ भने राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसन को स्वर रहेको छ । प्रलाद खरेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपशिखा खड्का, अली खान, सुरज तमु र रेखा शाह को मुख्य अभिनय रहेको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्


News reader : bikram yonghang
edit : Bishal Rai

प्रतिक्रिया