Bisal Chautari Logo

मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुनको प्रहरी इन्काउन्टरानमा १२ गोली खाएर मृत्यु

- ९ फाल्गुन २०७४, बुधबार १०:१९ मा प्रकाशित


Death on the Manoj Reich Police Investor in Mohant Wanted List
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ फाल्गुन ९ गते बुधबार । फरार सूचीमा रहेका मनोज पुन प्रहरी इन्काउन्टरानमा मारिएका छन् । रुपन्देही देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग भएको इन्काउन्टरानमा पुन सहित उनका सहयोगीसोम आले घाइते भएका थिए ।
घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पुन रुपन्देहीमा रहेको केन्द्रीय अनुसन्धान व्यूरोबाट आएको सूचनाका आधारमा प्रहरीले खोजतलास तीव्र बनाएको थियो । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा पुन सहित आले घाइते भएका थिए, उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड थिए । गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए । गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए । आतंककमा पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो ।
मनोज पुनलाई १२, सोम आलेलाई १० गोली
मनोज पुनलाई १२ गोली लागेको छ । अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ।
पुनसंगै रहेका मुख्य सहयोगी सोम बहादुर आलेलाई १० गोली लागेको छ । उनको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।

प्रतिक्रिया