Bisal Chautari Logo

के तपाईलाई चक्लेट मन पर्छ? यसको फाईदा र बेफाईदा जानि राखौ

- २७ श्रावण २०७४, शुक्रबार १३:४१ मा प्रकाशित


Do you like a chocolate? Know its advantages and disadvantages
एजेन्सी
काठमाडौा, २०७४ श्रावण २७ शुक्रबार । आजभोली चक्लेटको महत्व दिनप्रतिदिन बढ्दो गएको छ । कुनै पनि शुभ अवसरमा चकलेट खाने गरिन्छ । र कसैकोमा पाउना जादा पनि कोसेलीको रुपमा चक्लेट नै लाने गरीन्छ । अझ बच्चाबच्चीहरुलाई त चकलेट असाध्यै मन पर्छ । आजकल बजारमा थरीथरीका चकलेट पाइन्छन् ।
images chooklet

के चक्लेट खान राम्रो हो? कि नराम्रो हो ? यहा हामी चकलेटका फाइदा र नोक्सानीका बारेमा बताउादैछौं ।
चकलेटले स्वास्थ्यलाई फाइदा पनि गर्छ अनि घाटा पनि पु–याउाछ । डार्क चकलेट खाादा मस्तिष्कको कार्यप्रणालीमा सुधार आउाछ र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । एक अनुसन्धान अनुसार डार्क चकलेट खाने मानिसको मनमा दु:ख र अवसादका भावना कमै आउाछन् ।
चकलेट सेवनले मुटु रोग र हृदयघातका खतरालाई घटाउाछ । यसमा भएको पोटेसियम र कपरले हृदयघातको अवस्थामा मुटुको क्षमता कायम राख्छ । यसले रक्तचाप पनि कम गर्छ र धमनीलाई कठोर हुनबाट पनि रोक्छ ।
त्यस्तै डार्क चकलेटमा प्रशस्त एन्टीअक्सिडेन्ट हुनाले मुटुरोग, क्यान्सर र बुढ्यौलीसम्बन्धी रोगलाई रोक्न सहायक हुन्छ ।
महिलाहरूलाई रजस्वलाका समयमा हुने पीडामा राहत दिन्छ र तनाव कम गर्न पनि सहयोग गर्छ । गर्भवती महिलाले डार्क चकलेट खाादा शिशुको विकास पनि राम्ररी हुन्छ ।
यो खाादा छालामा पनि निखार आउाछ । सेक्स क्षमता पनि यसले बढाउाछ ।
चकलेटको फाइदा त बताइयो तर नोक्सानी पनि छ ।
सामान्य चकलेटमा क्याफिन जस्ता रासायनिक तत्तव पाइन्छन् । यसको प्रभावले लत लाग्छ र जतिखेर पनि चकलेट खान मन लाग्छ । बच्चाहरूलाई चकलेट खाने बानी अत्यन्तै हानिकारक हुन्छ ।
चकलेट धेर खाादा दिमायको कार्यक्षमता प्रभावित हुन्छ र टाउको दुख्छ ।
कुनै पनि कुरा सन्तुलनमा गरेको नै ठीक हुन्छ । त्यसैले चकलेट पनि विचार गरेर खानुपर्छ । सामान्य चकलेट खान छोडिदिनुस् र डार्क चकलेट सन्तुलन मिलाएर खाने गर्नुस् ।

प्रतिक्रिया