Bisal Chautari Logo

घर बनाउन खाडल खन्दा दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसालेको ४५० किलोको बम फेला

- २० माघ २०७४, शनिबार ०९:४८ मा प्रकाशित


During the Second World War, US found 450 kilograms of rocks
एजेन्सी
काठमाडौँ ,२०७४ माघ २० शनिबार । हङकङमा घर बनाउन खाडल खन्दा विशाल बम फेला परेको छ । दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले खसालेको दुईवटा बम हङकङमा फेला परेको हो । लामो प्रयासपछि सुरक्षाकर्मीहरुले सो बम निष्कृय तुल्याएका छन् ।
४५० किलो वजनको सो बम वान चाई जिल्लाको एक व्यापारिक क्षेत्रमा फेला परेको हो । भवन निर्माण भइरहेको क्षेत्रमा खाडल खन्दा सो बम फेला परेको हो ।
बम फेला परलगत्तै आसपासका करिब चार हजारभन्दा बढी नागरिकलाई सो क्षेत्रबाट हटाइएको थियो । सडकलाई घेराबन्दी गरिएको थियो भने रातभर खटेर उक्त बमलाई हङकङ प्रहरीको बम निरोधक समूहले निष्कृय तुल्याएको थियो । एकसाता भित्रै हङकङमा दोस्रो विश्वयुद्धको समयको बम फेला परेको यो दोस्रो घटना हो । अमेरिकामा निर्माण भएको ‘एन–एम६५’ बम दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले जापान अधिनस्थ हङकङमा खसालेको हो ।
समाचार एजेन्सीहरुका अनुसा बम निरोधक समूहले बमको बाहिरी भागमा प्वाल बनाएर विस्फोटक पदार्थलाई नष्ट गरेको हो ।जमिनमुनी गाडिएर रहेको अवस्थामा बम फेला परेपछि सर्वसाधारणमा आतंक बढ्न थालेको छ । यस्ता बम अझै कति होलान् र कहाँ कुन अवस्थामा होलान् भन्ने प्रष्ट नहुँदा सर्वसाधारणमा सन्त्रास बढाएको हो ।

प्रतिक्रिया