Bisal Chautari Logo

कुखुरी कि अण्डा पहिला , वैज्ञानिकहरूले यसरी पत्ता लगाए !

- २८ श्रावण २०७४, शनिबार ०८:३२ मा प्रकाशित


Early chicken or eggs, scientists discovered this!
एजेन्सी 
काठमाडौा, २०७४ श्रावण २८ शनिबार । यो संसारमा पहिला कुखुरी आई कि अण्डा आयो ? यो प्रश्नले आजसम्म पनि धेरैलाई रिंग्याइरहेको छ । कसैले पनि यसको जवाफ दिन सकेका छैनन् ।
chicken or eggतपाई पनि एकपटक सोच्नु होस । कुखुरी पहिला जस्तो लाग्छ कि अण्डा ? यसरी सोचिरहदा नि अचम्म लाग्दो बिषया छ । तर अब यो कुरा स्पष्ट भइसकेको छ । अहिले आएर वैज्ञानिकहरूले यसको जवाफ पत्ता लगाएका छन् ।
शेफील्ड र वारविक विश्वविद्यालयले पहिले कुखुरी आएको दाबी गरेका छन् । विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अनुसन्धानबमोजिम ओभोक्लाइडिन नामक प्रोटीनबाट अण्डाको खोल बनेको हो र यो प्रोटीनविना अण्डाको निर्माण सम्भव छैन ।सबभन्दा महत्त्वपूर्ण कुरा त यो प्रोटीन कुखुरीको गर्भाशयमा मात्र पाइन्छ । त्यहाा बाहेक शरीरका कुनै पनि भागमा यो प्रोटीन पाउन सम्भव छैन ।

प्रतिक्रिया