Bisal Chautari Logo

भूकम्प पीडितले ३ लाख निर्ब्याजी ऋण लिन, बन्दै गरेको घर धितो राख्नुपर्ने

- २३ आश्विन २०७४, सोमबार ०८:४४ मा प्रकाशित


Earthquake victims
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २३ सोमबार । भूकम्प पीडितहरुले घर निर्माका लागि ३ लाख रुपैया निर्ब्याजी ऋण पाउने भएका छन् । ऋण लिनका लागि सरकारी अनुदानमा बन्दै गरेको घर नै धितो राख्नु पर्ने छ ।
                                                                                                                                  फाइल फोटो

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि संशोधन गरेको हो । अब भूकम्पपीडितले धितो जमानीबाट पनि ऋण उपलब्ध पाउने भएका छन्।
सरकारले भूकम्प पीडितहरुलाई सामुहिक जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने कार्य्विधि बनाएको थियो । तर, बैंकहरुले विना धितो ऋण दिन अस्वीकार गरेपछि सरकारले कार्य्विधि संशोधन गरेर धितो जमानी राख्ने व्यवस्था गरेको हो ।

प्रतिक्रिया