इन्जिनियरलाई कालोमोसो र जुत्ताको माला

Engineer’s blackmoon and garland necklace
विशाल चौतारी समाचार
चितवन, २०७४ असोज १ आइतबार । रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई कार्यकक्षमैे (कालोमोसो) मोविल दलेर दुव्र्यवहार गरेका छन् । आइतबार नगरपालिका परिसरभित्रै पसेर नेत्र विक्रम चन्द विप्लवका कार्यकर्ताले मोविल खन्याएका हुन् । मोविल खन्याएपछि जुत्ताको माला समेत लगाइदिएका छन् ।
ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ । उनीमाथि परियोजना र संस्थागत बजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीबाट कमिसन लिने गरेकोलगायतका आरोप लगाइएको छ ।
भ्रष्टचार गरेकोले कालोमोसो दलिएको एक कार्यकर्ता सन्तोष श्रेष्ठले उल्लेख गरेका छन् । उनले तस्बिर सहित राखेको स्टाटसमा लेखेका छन्, ‘संस्था र परियोजनामा बजेट पारिदिने नाममा, घरजग्गा र बाटोको सिफारिस गरेबापत कमिशन खाने साथै भुमाफिया हरुसङ्ग मिलेर घोल र ऐलानी जग्गा जग्गादलालको नाम मा नामसरी गर्ने, भुमाफियासङ्ग मिलेर सुकुम्बासी बस्ती मा आतंङ्क मच्चाएको कारण चितवनको रत्ननगर नगरपालिका का मुख्य इन्जिनियर प्रकाश ढुङ्गानालाइ कालो मोसो दल्दै नेपाल कम्युनिस्ट पार्टी, चितवन ।’
क्चार जनाको संख्यामा आएका उनीहरुले मोविल खन्याएपछि भागेका थिए । घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।