Bisal Chautari Logo

एकसय रुपैयाँमा पढ्न सकिने स्कूल भोजपुरमा पनि

- १४ बैशाख २०७५, शुक्रबार १०:२३ मा प्रकाशित


Even in Bhojpur, a school can be read in one rupee
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १३,शुक्रबार। कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ ।

समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताउनुभयो ।

विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिनेछ । यसअघि आवश्यक प्रक्रिया पूरा नभएको भन्दै भोजपुर नगरपालिकाले विद्यालय सञ्चालनमा रोक लगाएको थियो । पछिल्लो समय सञ्चालनको अनुमति पाएपछि व्यवस्थापनका लागि संस्थापक उत्तम सञ्जेल र विद्यालयका संरक्षक हास्यकलाकार हरिवंश आचार्य बिहीबार भोजपुर आइपुग्नुभएको हो ।

यस विद्यालयले मासिक रु १०० मा नै अंग्रेजी माध्यमबाट अध्यापन गराउँदै आएको छ । यहाँ स्थापना हुने स्कूल देशको ७५ औँ स्थानमा परेको छ ।

प्रतिक्रिया