Bisal Chautari Logo

मतदाता परिचयपत्र नभएपनि यसरी मतदान गर्न सकिने

- २० मंसिर २०७४, बुधबार ०८:२१ मा प्रकाशित


Even though the voter’s identity card can not be voted
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २० बुधवार । परिचयापत्र नभए पनि प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मतदाताले मतदान गर्न पाउने भएका छन् ।
                                                                                                                         फाइल फोटो

आयोगका अनुसार मतदाताको नागरिकताको प्रमाणपत्र वा २०७० सालमा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएका परिचयपत्रका आधारमा मतदान गर्न पाइने भएको छ ।
परिचयपत्रका साथै नागरिकता, राहदानी वा सरकारी मान्यताप्राप्त परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने भएको छ । तर यसका लागि मतदाता नामावलीमा नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया