Bisal Chautari Logo

भर्खरै विवाह गरेको लोग्नेलाई विष खुवाएर मार्न खोज्दा परिवारै सखाप, कारण यस्तो छ

- १६ कार्तिक २०७४, बिहीबार ०९:४४ मा प्रकाशित


Feed the poison to the husband
एजेन्सी
पाकिस्तान, २०७४ कात्तिक १६ बिहिवार । भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्दा झुकिएर एकै परिवारका १७ जनाको ज्यान गएको छ ।
                                                                                                                           फाइल फोटो

पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताए । २१ वर्षीया आरोपी आसिया बिबीसँगलाइ प्रहरीले पक्रउ गेरेको छ ।
प्रहरी अधिकारीले घटनामा संलग्न भएको आशंकामा बिबीका केटा साथीलाई समेत समातेको छ’, जिल्ला प्रहरी प्रमुख सोहिल हबिब ताजकले बताए । ताजकका अनुसार बिबीको सेप्टेम्बरमा उनको इच्छाविपरीत अलिपुर नगरनजिकको गाउँमा विवाह गरिएको थियो । अलिपुर पूर्वी पन्जाव प्रान्तमा पर्ने मुल्तानबाट सय किलोमिटर दूरीमा पर्छ । उनले भने, ‘बिबी बिहेबाट खुसी थिइनन् र आफ्ना बाआमाको घर फर्कन चाहन्थिन् ।’
ताजकका अनुसार गत हप्ता युवतीले विषालु तत्व आफ्नो केटासाथी साहिद लसारीबाट प्राप्त गरिन् र लोग्नेका लागि भनेर छुट्ट्याइएको दूधमा मिसाइन् । तर, लोग्नेले सो दूध नखाएपछि बिबीकी सासूले विषाक्त दूध परम्परागत दहीजन्य पदार्थ बनाउन प्रयोग गरिन् । सो पदार्थ २७ सदस्यीय सो परिवारमा बाँडियो र त्यसको सेवनबाट परिवारका सबै बेहोस भए र अस्पताल लगियो, जसमध्ये १७ जनाको मृत्यु भयो ।
मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । उनले भनिन् ‘मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें । मैले बिहे अस्वीकार गर्नेबारे जस्तोसुकै निर्णय लिन सक्ने भन्दै आफ्ना बाआमालाई सचेत गराएको थिएँ तर उनीहरूले सम्बन्ध(विच्छेद गराउनसमेत दिएनन् ।’
मेरा सबै अनुरोधलाई उनीहरूले अस्वीकार गरे र मेरा आफन्तसँग बिहे गर्न बाध्य पारे’। बिबीले बिहेपछि पनि आफ्नो केटासाथीसँग नियमित प्रेम सम्बन्धमा रहेको बताइन् ।
उनले घटनाबारे दुःख व्यक्त गर्दै भनिन् ‘मेरो केटासाथी लसारीले विष दिए । मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए ।’ ताजकले घटनाबारे जानकारी भएका सबैलाई पक्राउ गर्नमा प्रहरी लागेको बताए । पाकिस्तानमा धेरै अभिभावकले आफ्ना छोरीको इच्छाविरुद्ध बिहे गराइदिने गरेका छन् ।

प्रतिक्रिया