Bisal Chautari Logo

यस कारण आफ्नी ६ वर्षकी छोरीलाई कम्मरमा बाँधेर हामफाली आत्महत्या 

- ८ आश्विन २०७४, आईतवार ११:४१ मा प्रकाशित


Suicide With Six Years Daughter
एजेन्सी
काठमाडौँ, २०७४ असोज ८ आइतबार । बच्चालाई जन्म दिनु मात्र आमाको कर्तव्य र दायित्व होइन। उसलाई असल बानी व्यवहरा प्रर्दान गरि समाजका लागि योग्दान दिन सक्ने बनाउनु पनि आमाकै जिम्मेवारी भित्र पर्छ। यसलाई निभाउन कुनै आमा पनि चुक्नु हुदैन। र सबैभन्दा बढि आफ्ने सन्तानलाई माया गर्ने भनेकै आमा हो । यस्तौ आमाले आफूसँगै आफ्नै सन्तानलाई मार्न सक्छन् भन्ने कुरा पत्याउनै गाह्रो हुन्छ । तर, पेशाले शिक्षिका रहेकी एक महिलाले भने आफ्नी ६ वर्षकी छोरीलाई समेत सँगै लिएर आत्महत्या गरेकी छिन् ।
आफ्नी ६ वर्षकी छोरीलाई चुन्नीले कम्मरमा बाँधेर ती महिलाले नहरमा हाम्फालेकी थिइन् । डुबेर दुवैको मृत्यु भएको छ । आमाछोरीको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । भारतको रेवाडीकी ती महिलाका माइतीले उनका श्रीमान् सासु र ससुराविरुद्ध घरेलु हिंसा र आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् । मृतक ३० वर्षीया सरिता एक निजी स्कुलमा शिक्षिका रहेको बताइएको छ ।
उनको बिहे ८ वर्षअघि अनुभव नामका युवकसँग भएको थियो । अनुभव मादकपदार्थ अत्याधिक पिउने भएका कारण उनीहरुको दैनिक झगडा पर्ने गथ्र्यो । सासु ससुराले पनि दाइजोको विषयलाई लिएर निहुँ खोजिरहने बताइएको छ ।

प्रतिक्रिया