Bisal Chautari Logo

लागुऔषधसहित पाँच पक्राउ

- २४ आश्विन २०७४, मंगलवार १२:१६ मा प्रकाशित


Five arrested with drug addiction
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २४ मंगलबार । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले ठूलो परिमाणमा लागुऔषधसहित छुटाछुटै स्थानबाट पाँचजनालाई पक्राउ गरेको छ ।
दुई किलो अफिम र २२ किलो चरेससहित धादिङका दर्जबहादुर तामाङ र मकवानपुरका राजकुमार मोक्तान सोमबार पक्राउ गरेको छ ।
ब्यूरोले आज पत्रकारसम्मेलन गरी तामाङसँग एक किलो अफिम, १२ किलो चरेस, दुई हजार नेपाली रुपैयाँ र तौल गर्ने मेसिन एक थान तथा मोक्तानसँग एक किलो अफिम, १० किलो चरेस, सात हजार नेपाली रुपैयाँ र ५८ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको जानकारी दिएको छ ।
ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राईले तामाङ र मोक्तान लामो समयदेखि लागुऔषध कारोबारमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जानकारी दिए
यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना७ख ८७९ नंको यात्रुवाहक बसमा लागुऔषध लिएर आउँदै गरेको अवस्थामा बाराका लक्ष्मण शाह, जोगिन्दर सहनी र काभ्रेका गोपाल श्रेष्ठलाई पक्राउ गरेको हो ।
प्रभागका प्रमुख ऋषिराम घर्तिमगरले दुईवटा झोलामा कम्बलभित्र लुकाएर ल्याएको अवस्थामा प्रहरीले जाँच गर्दा ५६२ एम्पुल लागुऔषध तथा एक हजार ४०८ ट्याब्लेट नाइट्रेपाम बरामद गरिएको बताए । रसस

प्रतिक्रिया