Bisal Chautari Logo

१० वर्ष देखि इकुडोलको धाराबाट दूध आउँछ

- ८ फाल्गुन २०७४, मंगलवार १०:५३ मा प्रकाशित


For 10 years, milk from the edodol stream comes
विशाल चौतारी समाचार
काठमाडौं , २०७४ फाल्गुन ८ गते मंगलबार । लतिलपुरको इकुडोलमा धाराबाट पानीमात्र होइन, दूध पनि आउँछ । किसानको घरबाट दूध संकलन केन्द्रसम्म दैनिक धाउनुपर्ने बाध्यता अन्त्य गर्न यस्तो तरिका अपनाइएको हो।
दूध संकलनका लागि इकुडोलवासीले यो उपाय अपनाएको १० वर्ष भइसकेको छ । २०६४ वैशाख १ गते इकुडोलका व्यवसायी भीमसेन आचार्यले दूध संकलनका लागि यो तरिका सुरु गरेका थिए ।
सडकको सहज पहुँच नभएका ग्रामीण क्षेत्रबाट दूध संकलन गर्न कठिनाइ भएपछि यस्तो प्रविधि सुरु गरेको आचार्य बताउँछन् । ‘दूध संकलनका लागि सहज होस् भनेर यस्तो प्रविधि सुरु गरेका हौं,’ आचार्यले भने।
यस प्रविधिमार्फत सडकको पहुँच नभएका उचाइका गाउँबाट पाइपको सहायताले बेसीमा दूध आपूर्ति गरिन्छ । आचार्य ढुवानीका साधनको विकल्पमा दूध संकलनका लागि पाइप प्रविधि सञ्चालनमा ल्याएको बताउँछन् ।
सुरुमा ६० हजार रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको यो प्रविधिले आफूलगायत गाउँका थुप्रै किसानलाई फाइदा भइरहेको उनको भनाइ छ। नागरिक समाचार पत्रिका

प्रतिक्रिया