Bisal Chautari Logo

घरमा आगो लागि हुदा, जलेर एकै परिवारको ४ जनाको मृत्यु

- ५ आश्विन २०७४, बिहीबार १०:४८ मा प्रकाशित


Four dead in one family burn
विशाल चौतारी समाचार
मोरङ, २०७४ असोज ५ बिहिबार । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित घरमा आगो लागि हुदा एकै परिवारको चार जनाको मृत्यु भएको छ ।
स्थानीय ५५ वर्षीय चन्द्रबहादुर राईको किराना पसल भएको दुई तले घरमा आज बिहान आगलागी भएको थियो ।प्रहरीका अनुसार घरभित्र सुतिरहेका चन्द्रबहादुर, ८६ वर्षीया आमा गंगामाया राई, श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको जलेर मृत्यु भएको हो ।
विराटनगर, इटहरी र दमकको दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीय बासिन्दा मिलेर आगो निभाइएको थियो । बिहान करिब ३ बजेतिर सुरु भएको आगलागी दुई घन्टापछि निभाइएको थियो । आगलागीको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया