Bisal Chautari Logo

नेवा खोलामा आएको बाढीसागै पहिरोमा परी चारको मृत्यु

- २७ श्रावण २०७४, शुक्रबार १३:१४ मा प्रकाशित


Four dead on the landside
विशाल चौतारी समाचार
पााचथर, २०७४ श्रावण २७ शुक्रबार । जिल्लाको फालेलुङ गाउापालिका–३ साविक मेमेङ गाविसको ताङलेपामा रहेको नेवा खोलामा आएको बाढीसागै पहिरोले बगाएर आज तीनजनाको मृत्यु भएको छ ।
landslide in nepal

मृत्यु हुनेमा स्थानीय विष्णु राई, उनीकी छोरी सुस्मिता र नातिनी प्रथा राई छन् ।
उनकै घरबाट झरेको पहिरोले पावर हाउसको कुरुवा बसेका उनीहरुलाई थिचेको जिल्ला प्रहरी कार्यालय पााचथरले जनाएको छ । उनीहरुको शव अहिलेसम्म पहिरोबाट निकाल्न सकिएको छैन ।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले अहिले उक्त क्षेत्रमा उद्धार गरिरहेको भैरवी दल गण ओदिन ब्यारेकका गणपति शिवराम पन्तले जानकारी दिएका छन् ।
पहिरोले राईको घर पनि बगाएको छ भने स्थानीयको एक हल गोरु, दुई वटा गाई, नौवटा खसीबाख्रा, मरेका छन् । पहिरोबाट उक्त ठाउामा आठवटा घर जोखिममा रहेको स्थानीय दिपशन चौहानले जानकारी दिए ।
यसैगरी फालेलुङ गाउापालिका–२ एकतिनको चुक्पादिनमा पहिरोले पुरिएर एक व्यक्तिको मृत्यु भएको छ भने तीनवटा घर पुरेको छ । मृत्यु हुनेमा ८० वर्षीय त्रिलोचन विक छन् ।
अहिले दुवै क्षेत्रमा अन्य पीडितलाई सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको र राहत सामग्री लैजाने कार्य भइरहेको गणपति पन्तले जानकारी दिए । रासस

प्रतिक्रिया