Bisal Chautari Logo

कुरा मिलुञ्जेल रमाइलो, कुरा नमिल्दा करणी

- २७ पुष २०७४, बिहीबार ०९:४६ मा प्रकाशित


Fun until you get the thing, do not talk
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ पुस २७ बिहिबार । पैसा हुनासाथ जे पनि गर्न पाइन्छ भन्ने मानसिकता बोक्नेहरूलाई कानुुनले ठेगान लगाइदिने हेक्का नराख्दा दुई जना हाई प्रोफाइल प्रहरी खोरमा पुगेका छन् ।
                                                                                                                              फाइल फोटो

पुस १५ गते शनिबार पैसाको बलमा नेपालगञ्जस्थित होेटल सिग्नेटमा युवतीसहित रमाइलो गर्न बसेका दुई जना मात्दामात्दै खोर पुगेका हुन् । नयाँ वर्षको पूर्वसन्ध्यामा सुर्खेतरोडस्थित होटल सिग्नेटका ३ वटा कोठा बुक गरिएको थियो ।
कोठा नं। ३०१ मा २६ वर्षीया युवतीलाई लिएर सुर्खेतका ४८ वर्षीय निरज गुरुङ बसे, ३२१ मा सीता एयरका नेपालगञ्ज म्यानेजर मनोज भारतीे र ३०५ नम्बर कोठामा १९ वर्षीया किशोरी बसिन् ।
भारतीको व्यवस्थाबमोजिम साथी निरज सुर्खेतबाट नयाँ वर्ष मनाउन आएका थिए । बर्दियाकी १९ वर्षीया युवती भारतीसँग र जाजरकोटकी २६ वर्षीया गुरुङसँग मध्यरातिसम्म बसे । त्यतिबेलासम्म सहमतिबमोजिमकै काम भयो ।
जब मनोज र निरजबीच पार्टनर साँट्ने कुरा उठ्यो, घटनाले अर्कै रूप लियो । भारतीसँग बसेकी १९ वर्षीया युवतीले साँटिन नमानेपछि विवाद प्रहरीसामु पुगेको हो । राति दुई बजेतिर एउटा हातमा मदिराको गिलास बोकेर कोठामा गुरुङ छिरेपछि किशोरीले इन्कार गरिन् । गुरुङले अनुरोध गरे, धम्की दिए, मानिनन् । कुरा नमिलेपछि किशोरी शौचालय छिरिन् र १०० नम्बरमा प्रहरीलाई फोन गरी आफू बलात्कारमा परेको भन्दै उद्धारको याचना गरिन् । प्रहरी पुगेर उद्धार गर्दा युवती नांगै थिइन् ।
जानकारीअनुसार भारती लामो समयदेखि होटलमा फरक–फरक महिलासँग बस्दै आएका थिए । प्रहरीले अनुसन्धानका क्रममा होटलका सिफ्ट म्यानेजर कपिल रञ्जु, मालिक दीपेन्द्र अग्रवाललगायतलाई सोधपुछ गरेको छ । निरजलाई करणी र मनोजलाई मतियार मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
सीता एयरका स्टेशन म्यानेजर मनोज भारती मंगलबारदेखि भेरी अञ्चल अस्पतालमा भर्ना भएका छन् । उमेर पुगेका युवा÷युवतीले सहमतिमा यौनसम्पर्क गर्न पाउने कानुनी व्यवस्था छ तर मुलुकी ऐनले सहमतिबिनाको यौन सम्पर्कलाई बलात्कार भनेको छ । उल्लिखित घटना पहिले सहमतिमा भए पनि कुरा नमिल्दा बलात्कारतर्फ अघि बढ्न गएको छ । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया