Bisal Chautari Logo

गोली हानी हत्या भएको गौचनको अन्त्येष्टि यसरी गरियो, हेर्नुहोस १४ फोटोमा

- २६ आश्विन २०७४, बिहीबार १३:३३ मा प्रकाशित


Gauchan’s funeral
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २६ बिहीबार । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली लागेर निधन हुनुभएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो ।

  
गौचनको हत्यारालाई चाँडो पत्ता लगाई कारबाही गर्नुपर्ने, उनलाई शहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनुपर्नेलगायत माग राखी महासङ्घ र परिवारले उनको शव बुझ्न नमानेकामा गृहमन्त्री जनार्दन शर्माले शहीद घोषणा र व्यवसायीलाई सुरक्षा दिइने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गौचनको शव बिहान १० देखि अपराह्न १२ बजेसम्म महासङ्घको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।।
महासङ्घदेखि थकाली सेवा समाजको कार्यालय लैजाँदा शवयात्रा निकालिएको थियो । त्यस्तै थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा ५०० मोटरसाइकलको यात्रा निकालिएको थियो ।

प्रतिक्रिया