Bisal Chautari Logo

हुनेवाला ससुराबाको खेत जोतेर गर्लफ्रेन्डलाई प्रपोज !

- २ आश्विन २०७४, सोमबार ०६:४७ मा प्रकाशित


Girlfriends Propos!
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २ सोमबार । प्रया सबै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा क्यान्डिल लाइट डिनर सँगसँगै गर्छ ।
तर कुनै मानिसले खेत जोतेर पनि आफ्नी प्रेमिकालाई प्रपोज गर्दा रहेछन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, यस्तै अपत्यारिलो घटना बाहिर आएको छ ।
बेलायतमा यस्तो घटना घटेको हो । बेलायतको डेभोनमा बस्ने एक पुरुषले आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव राख्ने अनौठो तरिका अपनाएका छन् । पेशाले कृषि इन्जिनियर रहेका ३९ वर्षका टम प्लुमले आफ्नी प्रेमिका जेना स्टिम्सनलाई खेत जोतेर प्रपोज हानेका छन् ।
अझ रोचक त के भने टमले हुनेवाला ससुरा बाको खेतमा नै जोतेर प्रेमिकालाई प्रपोज गरे ।
टम र जेना पछिल्लो १० वर्षदेखि रिलेशनसीपमा छन् । लामो प्रेमसम्बन्धलाई बिहेमा ढाल्नका लागि टमले जेनाका बुवाको खेतमा जोतेरै ‘म्यारी मी’ भन्ने शव्दाबली लेखे । जोतेर मलाई बिहे गर भन्ने कुरा लेखेपछि उनले प्रेमिका जेनालाई बोलाए र उनका आँखा बन्द गरिदिए । त्यसपछि उनले जेनालाई आँखा खोल्न भने र आँखै अगाडिको खेतमा जोतेर म्यारी मी लेखेको ठाउँ देखाए ।
आफ्नो प्रेमीको प्रपोज गर्ने शैली देखेर जेना अचम्म परिन् । उनी भन्छिन् – टम खासमा खासै रोमान्टिक मानिस होइनन् । तर यसपटक उनले धेरै ठूलो काम गरे । उनले टमको बिहे प्रस्ताव स्वीकारिन ।
बीबीसी

प्रतिक्रिया