Bisal Chautari Logo

‘ह्याप्पी डेज’को ट्रेलर रिलिज, दयाको चिनामा प्रियंका की दीया ? (ट्रेलर हेर्नुहोस्)

- २ बैशाख २०७५, आईतवार १५:५० मा प्रकाशित


Happy Days movie Official Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख २, आइतबार । फिल्म ‘ह्याप्पी डेज’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ । मिलन चाम्स निर्देशित चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ । दोस्रो ट्रेलरमा नयाा दृश्यहरु पनि थापिएको छ । यसमा दयाहाङ राईको दुईतर्फी प्रेम देखाइएको छ । अभिनेत्री दीया पुन र प्रियंका कार्कीको प्रेममा उनी दिवाना भएका छन् ।
प्रदर्शन मिति सर्दासर्दा बैशाख १४ गतेलाई नयाा रिलिज डेट तय गरिएको फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । यस लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, दीया पुनको साथमा सञ्जय गुप्ता, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स लगायतका कलाकारहरुको पनि अभिनय छ । पैसा कमाउन बेलायत पुगेको एक नेपाली युवकको बैधानिक बसोबासका लागि गर्ने संघर्षको कथा फिल्मले बोल्छ । २ करोड ५० लाखमा निर्माण गरिएको ‘ह्याप्पी डेज’ लाई रामकुमार केसीले खिचेका हुन् । वीपि खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको यो फिल्मको छायांकन लन्डन, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशहरुमा गरिएको हो ।

ट्रेलर हेर्नुहोस् :-

Chams Entertainment & London Cine Eye Presents
Movie : Happy Days
Presented by: Bp Khanal
Producer : Bp Khanal, Bhawani Sharma, Hiral Joshi, Milan Chams
Director : Milan Chams
Writer: Yam Thapa
DOP: Ram Kumar KC
Editor: Arjun GC
Cast : Dayahang Rai, Priyanka Karki, Sanjay Gupta, Bikki Joshi, Jeniha Limbu, Monika, Rupa Pun, Ritesh Chams, Jen Bakal, Hup Thapa

प्रतिक्रिया