Bisal Chautari Logo

राई इज किङसंग प्रकृतीले गीत रेकर्ड गरिन् (भिडियो सहित)

- १० बैशाख २०७५, सोमबार १८:५२ मा प्रकाशित


rajesh payal rai & prakriti thalang song recording
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ बैशाख १०, सोमबार । सार्वाधिक ब्यस्त एवम सर्वप्रिय गायक राजेश पायल राईसंग युगल गीत गाउने कस्को चाहाना नहोला र । जस्लेपनि राई इज किङसंग गाउनु अघिपछी गर्छन् । आज यस्तै हानथापमा जितिन्, नव प्रतिभाशालि गायिका प्रकृती थलङले ।
सुन्दरी गायिकाको रुपमा परिचित गायिका प्रकृतीले आज नया बनेश्वर स्थीत स्काइ स्टुडियोमा गायक राजेश पायल राईसंग गीत रेकर्ड गरिन् । गीतकार बुद्धराज राईको शब्दमा, गायक तथा संगीतकार पावल चाम्लिङ राईको संगीत तथा एरेञ्जमा मिठो गीत रेकर्ड गरिन् । उक्त गीतको विषयमा प्रकृतीले भनिन्, ‘उहासंग काम गर्ने नव गायिकाहरु ऋाज सबै चर्चित भएका छन्, म पनि कसो नहोला । यसको लागी तपाइ दर्शक श्रोताहरुको आर्शिवाद चाही पक्कै चाहिन्छ । रेकर्ड भएको गीत चाडै सार्वजनिक गरिनेछ । त्यस्तै गायक राजेशलेपनि डोएट गीत राम्रो बनेको बताउदै प्रकृतीको स्वरको पनि तारिफ गरे ।

भिडियो हेर्नुहोस् :-

rajesh payal rai facebook live

प्रतिक्रिया