Bisal Chautari Logo

दीयासंग दयाको नृत्य, चलचित्र ‘ह्याप्पी डेज’को ‘चेप्टे चेप्टे पेरुङ्गो’ गीत सार्वजनिक (भिडियोसहित)

- १० आश्विन २०७४, मंगलवार ०६:२८ मा प्रकाशित


Happy Days Song Chepte Chepte Perungo feat Dayahang Rai and diya pun
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अशोज १०, मंगलबार । चलचित्र ‘ह्याप्पी डेज’को एक लोक शैलीको गीतको भिडियो रिलिज गरिएको छ । नेपाली चलचित्रमा लोकलयका गीतहरु समावेश भैरहेको समयमा निर्देशक मिलन चाम्सले पनि आफू निर्दे्शित यो चलचित्रमा लोक भाकालाइ नै समावेश गरेका छन् ।
‘चेप्टे चेप्टे पेरुङ्गो’ बोलको गीत दशैं तथा तिहारमा घर–घरमा घन्किने अड्कल लगाउन सकिन्छ । यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर, राजनराज सिवाकोटीकै शब्द तथा संगीत छ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राइ र दीया पुनलाइ फिचरिङ गरिएको छ ।
नृत्यमा कमजोर रहेका दयाहाङले नृत्य गरेका चलचित्रका गीतका भिडियो अहिले एकपछि अर्को सार्वजनिक भैरहेका छन् । चलचित्रमा भने दयाहाङ राइ, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सम्राट बस्नेतको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ । चलचित्रमा वीपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्सको लगानी छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

भिडियो हेर्नुहोस् :


New Nepali Movie -“Happy Days” Song || Chepte Chepte Perungo || Rajan Raj Siwakoti , Anju Panta Ft. Dayahang Rai,Diya Pun
London Cine Eye Production
Chams Entertainment & London Cine Eye Presents
Movie : Happy Days
Music/Lyrics : Rajan Raj Siwakoti
Singer: Rajan Raj Siwakoti, Anju Panta
Arranger : Rajan Ishan
Producer : Bp Khanal, Bhawani Sharma, Hiral Joshi, Milan Chams
Director : Milan Chams
Cast : Dayahang Rai, Priyanka Karki, Sanjay Gupta, Bikki Joshi, Jeniha Limbu, Monika, Rupa Pun, Ritesh Chams, Jen Bakal, Hup Thapa,
Choreography : Kabiraj Gahatraj

प्रतिक्रिया