Bisal Chautari Logo

आशिरमानले दुई नायिकासंग रोमान्स गर्ने || ‘द ब्रेकअप’ घोषणा (भिडियो सहित)

- २५ फाल्गुन २०७४, शुक्रबार १८:२८ मा प्रकाशित


Bisalchautari Tv

The Breakup nepali movie ashirman desraj shrestha joshi, shilpa maskey & Ichha karki
विशाल चौतारी समाचार
काठमाडौं, २०७४ फाल्गुन २५, शक्रबार । लामो समय निर्माण हुने भनिएपनि विविध कारणले रोकिएको चलचित्र ‘द ब्रेकअप’ अब भने बन्ने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आइतबारदेखि चलचित्रको छायांकन सुरु हुने निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् ।
चलचित्र बन्न ढिलाइ भएको विषयमा बोल्दै यस चलचित्रका निर्देशक हेमराज वीसीले कथावस्तु चित्त नवुझेका कारण छायांकन केहि समय पोष्टपोन्ड गरिएको बताए । साथमा, चलचित्र ‘ग्याङस्टार ब्लूज’को असफलताले पनि चलचित्र ‘ब्रेकअप’ केहि समय पछाडि धकेलिएको उनले जानकारी दिए । हेमराजका अनुसार यो चलचित्र रोमान्टिक कमेडी प्रेमकथामा निर्माण हुनेछ ।
चलचित्रमा आशिरमान देशराज जोशी मुख्य भूमिकामा छन् । साथमा, सलोन बस्नेत, रेमनदास श्रेष्ठ, शिल्पा मास्के, सरोज खनाल, नव–कलाकार इच्छा कार्की यो चलचित्रमा मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन नेपाल र अष्ट्रेलियामा गर्ने तयारी गरिएको छ । चलचित्रबाट आशिरमान बाहिरिएको बिषयमा निर्देशक बीसीले भने–‘यो गलत हल्ला हो । हामीले, उत्कृष्ट चलचित्र बनाउने भनेर नै कथावस्तुमा फोकस गर्दा केहि ढिला हुन गएको हो ।’
नायक आशिरमान देशराज जोशीले पत्रकार सम्मेलनमा आफू उपस्थित भएका कारण पनि बाहिरिएको भन्ने हल्ला हल्ला नै भएको बताए । यो चलचित्र आउँदो बर्षको भदौ १५ गतेबाट रिलिज हुने समेत जानकारी दिइएको छ ।

प्रतिक्रिया