Bisal Chautari Logo

तिज नजिकिदै गर्दा सुनिताको हङकङको चुरा सार्वजनिक (भिडियो सहित)

- २७ असार २०७४, मंगलवार ११:०० मा प्रकाशित


Hongkong Ko Chura New Nepali Comedy Teej Song 2074
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ २७ मंगलबार । गायिका तथा मोडल सुनिता गुरुङले नजिकीादै गएको हिन्दु महिलाहरुको विशेष चाड हरी तालिका तीजलाई लक्षीत गर्दै तीज गीत तयार पारेकी छिन् । गायिका गुरुङले गायक तथा संगीतकार रमेशराज भट्टराईका साथ युगल तीज गीत गाएकी हुन् ।
Hongkong Ko Chura New Nepali Comedy Teej Song 2074भन सानु तिम्रो मन गाछ कुन कुन चिजमा
तिमलाई खुशी बनाउछु म यसपालीको तीजमा
यसै हो र म आज बजार झरेको
किन पिर गरेको तिमलाई मन परेको
किन्दिउाला रातो चोलो बुट्टा भरेको
हङकङको चुरा लाउली हङकङको सारी
तीज गीतमा गायक रमेशराज भट्टराईले गाएका छन्। त्यसको जवाफमा गीतमै सुनिताले भाका हालेकी छिन्
हिाड बुढा आज पहिला बिशाल बजार
यसपाली त सबै कुरा किन्छु छानी छानी।
लय र शब्द रमेशराज भट्टराईको रहेको यो तीज गीतलाई म्युजिक भिडियोमा उतारिएको छ । राजधानीको एक शानदार पार्टी प्यालेसका साथ शहर बजारमा खिचिएको म्युजिक भिडियोमा मोडल विकास फिरोज र गायिका गुरुङले नृत्य गरेका छन् भने शिवहरी पौड्याल र निरु खड्काले अभिनय गरेका छन् । छाायांकन नवराज उप्रेती र सम्पादन विष्णुहरी तिमल्सिनाको रहेको छ। निर्भाना कला केन्द्रले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन दीपेन्द्र तिमल्सिनाले गरेका छन् । यसको रमाईलो म्युजिक भिडियोलाई निर्भाना टिभी नेपालले हालै युट्युबमार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया