Bisal Chautari Logo

अनमोलको ‘कृ’ले कति कमायो दुई दिनमा ?

- २९ माघ २०७४, सोमबार १०:०८ मा प्रकाशित


How many times did ‘Amol’ earn ‘Krishna’ in two days?
विशाल चौतारी समाचार
काटमाडौ, २०७४ माघ २९ सोमबार । करिब दुई वर्षपछि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । सुरुवाती दिन सुखद ओपनिङ गरेको ‘कृ’को शनिवारको अधिकांश हलहरू हाउसफुल रहेको थियो ।
समिक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको ‘कृ’ले दुई दिनमा करिब २ करोड बढीको कमाई गरेको छ । प्राप्त रिपोर्ट अनुसार चलचित्रले पहिलो दिन देशभरबाट ९७ लाख ३ सय ७५ रुपैयाँ कलेक्सन गरिएको बताइएको छ । त्यस्तै शनिवारको दिन १ करोड ६८ लाख ५३ हजार २ सय ३३ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
पहिलो दिन कृले उपत्यकामा ६१ लाख १३ हजार ५ सय ६३ र मोफसलबाट ३५ लाख ८६ हजार ७ सय ९४ रुपैयाँको कमाई गरेको थियो भने दोस्रो दिन राजधानीबाट १ करोड ४ लाख ९६ हजार २ सय ९७ रुपैयाँ ग्रस हुँदा मोफसलबाट ६३ लाख ५६ हजार ९ सय ३६ रुपैयाँ बक्स अफिस कलेक्सन गरेको छ । यसरी हेर्ने हो भने दुई दिनमा चलचित्रले २ करोड ६५ लाख ५३ हजार ६ सय ८ ग्रस कलेक्सन गरेको छ । कृलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । यस चलचित्रमा अनमोल केसी अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया