Bisal Chautari Logo

‘हुर्रे’को ‘पशुपति’ बोलको गीतमा नीताले यसरी कम्मर भाचिन् || राजाराम भुतुक्कै (भिडियो सहित)

- ७ माघ २०७४, आईतवार १७:५९ मा प्रकाशित


HURRAY movie Song Pashupati 2018 ft neeta dhungana
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ माघ ०७ आइतबार । चलचित्र ‘हुर्रे’को ‘पशुपति’ बोलको गीतमा अभिनेत्री नीता ढुंगाना पहिलो पटक आइटम गीतमा फिचर भएकी छिन् । नीतालाई पहिलो पटक आइटम गीतमा उतार्ने काम भने यस चलचित्रका निर्देशक यम थापाले गरेका छन् ।
फागूण २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हुर्रे’मा समावेश ‘पशुपति’ बोलको गीतमा नीतालाई दर्शकले पहिलो पटक आइटम गीतमा देखेका हुन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
निर्देशक यमकै लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा केकी अधिकारी, अंकित खड्का, अनुपविक्रम शाही, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । पत्रकार सम्मेलनमा उपस्थित नीताले गीत मन परेकाले आफूले काम गरेको बताइन् ।
कार्यक्रममा नीता र केकीले एक अर्काको कामको प्रशंसा पनि गरेका थिए । झुमा लिम्बु र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा एकतारेको शब्द, कालिप्रसादकै संगीत छ । विक्रम स्वाँरले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । चलचित्रमा दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेले लगानी गरेका छन् ।

भिडियो हेर्नुहोस् :


Song: Pashupati
Vocal: Jhuma Limbu, Kali Prasad Baskota
Lyrics: Kali Prasad Baskota, Ektarey
Music: Kali Prasad Baskota
Choreographer: Vikram Swar
Cast: Anoop Bikram Shahi, Keki Adhikari, Bijay Baral, Ankit Khadka, Rajaram Poudel, Sangita Napit, Prakash Ghimire
Co-Producer: Arun Sedai
Producer: Dawa Sherpa ‘Shetty’, Sonam Lama Blon, Tsering Dorjee Lama
Story/Screenplay/Dialogue/Director: Yam Thapa
In Cinemas 25th Falgun, 2074 | 9th March, 2018

प्रतिक्रिया