Bisal Chautari Logo

महिलालाई कम्मजोर नठान्नुहोस यी दश कुरामा पुरुष भन्दा माथि हुन्छन्

- २१ आश्विन २०७४, शनिबार ०८:५४ मा प्रकाशित


In ten cases women get higher than men
एजेन्सी
काठमाडौँ, २०७४ असोज २१ शनिबार । हाम्रो देश पुरुष प्रधान भएकाले नै महिला कम्जोर हुन्छन् भन्ने प्रचलन छ। पुरुषलाई नै सर्वेसर्वा ठान्ने चलन छ । तर पुरुष भन्दा महिला कहिले पनि कम्जोर हुदैन । बरु पुरुष भन्दा यी दश कुरामा जहिले पनि महिला अगाडी हुन्छ ।
                                                                                                                            फाइल फोटो

१. दिमागी क्षमता: अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ ।
२.सरसफाइ: सरसफाइको मामिलामा पनि महिलाहरु पुरुषभन्दा अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारीको भन्दा फोहोर हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने ठाउँमा भन्दा २० प्रतिशत बढि ब्याक्टेरिया हुन्छन् ।
३.तनावको सामना: तनावको सामना गर्ने र महत्वपूर्ण कामका लागि राम्रो तयारी गरेर उक्त कामकुरामा आफ्नो क्षमता मज्जाले देखाउने मामिलामा महिलाहरु पुरुषभन्दा अब्बल मानिन्छन् । शोधकर्ताहरुका अनुसार यहीँ क्षमताका कारण प्राय नयाँ जागिर खान जाने मामिलामा अन्तरवार्ताको क्रममा महिलाको प्रस्तुती पुरुष प्रतिस्पर्धीको भन्दा राम्रो हुन्छ ।
४.सुन्दरता : सुन्दरताको मामिलामा त महिलाहरु पुरुषभन्दा दश कदम अगाडि हुन्छन् नै । अध्ययनले पनि के देखाएको छ भने जैविक क्रम विकाशकै सिलसिलामा महिलाहरु आफ्ना पुर्खा भन्दा सुन्दर बन्दै गएका छन् । अझ रोचक कुरा त के भने सुन्दर महिलाहरुले अरु सामान्य महिलाले भन्दा बढि बच्चा जन्माउँछन् र सुन्दर महिलाको पहिलो बच्चाको रुपमा अक्सर छोरी जन्मिन्छ ।
५.दुर्घटनामा जोगिने : अध्ययनले के देखाउँछ भने विभिन्न खालका सडक दुर्घटनामा महिलाहरु भन्दा पुरुषहरुको मृत्यु धेरै हुनेगर्छ । अझ रोचक कुरा त के भने कुनै गाडि दुर्घटना हुँदा त्यसका महिला यात्रु भन्दा पुरुष यात्रुको मृत्युको दर बढि हुन्छ । अध्ययनले कार दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको जोखिम ७७ प्रतिशत बढि हुने देखाएको छ ।
६.मनको बह पोख्नमा अब्बल : आफ्नो मनको बह, समस्या वा पीडा साथीसँगीसँग बिसाएर समस्याको समाधान खोज्ने मामिलामा पनि महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।
७. महिलाहरु पुरुषको तुलनामा स्वस्थ भोजनका पारखी हुन्छन् । पुरुषहरु मासुका परिकार तथा ड्राइ फुड बढि मन पराउँछन् भने महिलाहरु सादा खानामा रुची राख्छन् ।
८.महिलाहरुमा रोग प्रतिरोधी क्षमता पुरुषमा भन्दा बढि हुन्छ । यो इस्ट्रोजेन हर्मोनका कारण भएको हो ।
९.महिलाको आयू बढि : तथ्यांकले के देखाउँछ भने विश्वमा भएका १ सय वर्ष भन्दा बढि उमेरका मानिसमध्ये १ सय मा ८५ जना महिला नै छन् । यसको अर्थ के भने महिला पुरुषभनदा औषतमा १० वर्ष बढि बाँच्छन् ।
१०.महिला हाकिम भएको कार्यालयमा कामदारको कार्यसम्पादन उच्च हुनेमात्र होइन महिलाले गरेको लगानीले दिने प्रतिफल पुरुषको लगानीको तुलनामा बढि हुन्छ ।

प्रतिक्रिया