Bisal Chautari Logo

३५ हजार अमेरिकी डलरसहित भारतीय पक्राउ

- ३० कार्तिक २०७४, बिहीबार ११:५१ मा प्रकाशित


Indian arrested with US $ 35,000
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ३० बिहिवार । ३५ हजार अमेरिकी डलरसहित भारतीय नागरीक पक्राउ परेको छ । बिहीबार बिहान मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेस्थित चेकपोष्टमा चेकजाँचको क्रममा उक्त रकमसहित भारतको ग्राम भेडीहारी पोष्ट सिरिसिया भेडीहारी पूर्वी चम्पारण विहार बस्ने वर्ष २५ का शेषनाथ प्रसादलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौबाट हेटौडा हुँदै बिरगंजतर्फ जाँदै गरेको ना ६ ख ६२९१ नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्ने क्रममा उक्त बसमा प्रसादलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी दिलिप झाले बताए।जाँचका क्रममा प्रसादले लगाएको जुत्ताभित्र लुकाईछिपाई विभिन्न नम्बरको अमेरीकी डलर राखेको फेला परेको झाले जानकारी दिए।
प्रसादलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।उक्त डलरको नेपाली मुल्य ३७ लाख ८० हजार रहेको छ।

प्रतिक्रिया