Bisal Chautari Logo

धुर्मुसले आफ्नो जन्मदीन पारेर रौतहटमा पनि गरे, एकीकृत वस्ती शिलान्यास

- ४ आश्विन २०७४, बुधबार ०८:३२ मा प्रकाशित


Integrated storage facility in Rautahat
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज  ४ बुधबार । आफ्नो जन्मदिन पारेर कलाकार सिताराम कट्टेल (धुर्मुस)ले रौतहटका बाढीपिडितहरुका लागी एकीकृत नमुना सन्तपुर बस्ती
शिलान्यास गरेका छन् ।
बुधबार बिहान सिताराम कट्टेल (धुर्मुस), र कुञ्जना घिमिरे (सुन्तली)को साथमा १०७ वर्षीया रामकलिया देवी हजाराले संयुक्तरुपमा वस्ती शिलान्यास गरे । चन्द्रपुर नगरपालिका– ८ स्थित सन्तपुर गाउँका ४५ बाढीपिडितहरुका लागी धुर्मुस–सुन्तली फाउण्डेशनले ‘एकीकृत नमुना सन्तपुर बस्ती’ शिलान्यास गरिएको हो ।
आजबाट सुरु गरिएको वस्ती निर्माण आगामी माघ २४ गते बिहान ९ बजे हस्तान्तरण गर्ने तय भएको सीतारामले बताए । परियोजना अन्तर्गत आवासीय घर ४५ वटा, मन्दिर १ वटा, सामुदायिक भवन १ वटा, म्यु टावर १ वटा, सार्वजनिक धारा १ वटा, सार्वजनिक शौचालय १ वटा साथै कम्पाउण्ड सहितको भूकम्प तथा बाढी डुबानबाट सुरक्षित बस्ती निर्माण हुने यस परियोजना ब्यवस्थापक अर्जुन न्यौपानेले जानकारी दिए । वस्ती निर्माणका लागि ५ करोड ७५ लाख लागत लाग्ने अनुमान छ ।
यसअघि काभ्रेको पहरीवस्ती, सिन्धुपाल्चोकको गिरान्चौर वस्ती, महोत्तरीको बर्दिबासमा मुसहर वस्ती निर्माण गरिसकेका छन् ।

                                                     धुर्मुसलाई जन्मदिनमा लड्डु खुवाउँदै पत्नी सुन्तली

प्रतिक्रिया