Bisal Chautari Logo

कात्तिक २५ गतेदेखी दशरथ रंगशालामा अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

- २३ कार्तिक २०७४, बिहीबार ०८:४४ मा प्रकाशित


International Wrestling Competition
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २३ बिहिवार । यहि कात्तिक २५ गतै शनिवारदेखी नेपलमा दास्रो पटक अन्तराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दशरथ रंगशालाको कभर्डहलमा प्रतियोगिताको आयोजना हुन लागेको हो ।
दोस्रो चोटी हुन लागेको प्रतियोगितामा विगतको भन्दा यसपाली दर्शकको सहभागिता झण्डै दोब्बर हुने महासचिव सुवर्ण श्रेष्ठले बताइन् । ‘गत वर्षको भन्दा यसपालीको प्रयोगिता आकर्षक र रोमाञ्चकारी छ’ उनले भनिन् । प्रतियोगिताका लागि विभिन्न देशका प्रतियोगीहरु आउने क्रम जारी रहेको छ ।
महासचिव श्रेष्ठका अनुसार विदेशी नौ जना प्रतियोगी आउन बाँकी रहेको र शुक्रबारसम्म आइपुग्ने छन् । महासचिव श्रेष्ठले प्रतियोगितामा अन्तराष्ट्रिय क्षेत्रमै राम्रो प्रोफाइल बनाएका खेलाडी आउन खोजेपनि सबैलाई उपस्थित गराउन नसकिएको जानकारी दिइन् ।
काठमाडौंको प्रतियोगितापछि कार्तिक २७ गते दोस्रो अन्तर्रा्ष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता इटहरीमा हुने भएको छ । काठमाडौंका विजेता र उपविजेताबीच इटहरीमा अर्को भिडन्त हुने संघकी अध्यक्ष सुनिता थापाले जानकारी दिइन् । विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगितामा विभिन्न आठ देशका खेलाडीको सहभागिता रहनेछ ।
अमेरिकाका प्रोरेस्लिङ गेमर, सिंगापुरका दि युरासियन ड्रागन, अस्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, नील र माक्सम्यानको सहभागिता रहनेछ । नेपालबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन, टुप्पी र ग्याङले प्रतिस्पर्धा गर्नेछन् ।
यसैगरी प्रतियोगिताको आकर्षणका रूपमा महिला रेस्लरहरू रहेका छन् । रसियाका मेफिस्तो, चेक रिपब्लिकका रोमाना तथा नेपालका सोफी र दिलासाको सहभागिता रहनेछ ।

प्रतिक्रिया