Bisal Chautari Logo

रेनाशाले निर्देशन गर्ने ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञीले नयाँ हिरो धीरजसंग रोमान्स गर्ने

- ३० बैशाख २०७४, शनिबार १२:१० मा प्रकाशित


intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख ३० शनिबार । एक दशकदेखि नेपाली चलचित्रको कोरियोग्राफी गर्दै सफलताको शिखरमा पुगेकी रेनाशा वान्तवा राइले निर्देशन गर्ने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ घोषणा भएको छ । अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह र एक नव–नायकलाई लिएर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ घोषणा भएको छ । लण्डनमा छायांकन हुने चलचित्रमा साम्राज्ञीसाग नव(नायक धिरज मगरले रोमान्स गर्नेछन् । चलचित्रको छायांकन जुन १६ बाट सुरु गरेर अगष्ट ७ मा सक्ने योजना यसको निर्माणपक्षको छ ।
intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magarहिजो काठमाण्डौको ‘याक एण्ड यती’ होटलमा भव्य आयोजना गरिएको भब्य पत्रकार सम्मेलनमा चलचित्रको घुम्टो उघारियो । चलचित्रमा मिरा अर्थात मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात इन्टुको भूमिकामा धिरज मगर देखिनेछन् । साथमा विवेक लिम्बु, सरुक ताम्राकार, सुनिसा बजगााइको चलचित्रमा मुख्य भूमिका रहनेछ ।
कार्यक्रममा बोल्दै रेनाशाले यो चलचित्र मार्फत नेपाली चलचित्रमा परिवर्तन ल्याउने आफूहरुको अठोट भएको बताइन् । यता, नायिका साम्राज्ञीले चलचित्रको याद दर्शकलाई लामो समयसम्म हुने बताइन् । यस्तै, नव(नायक धिरज मगरले आफ्नो पहिलो चलचित्र भएको भन्दै कथा पढेपछि मन परेर काम गर्न लागेको सुनाए ।
intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (3)नेपालबाट लण्डन पुगेको एक यूवा र लण्डनमै रहादै आएकी एक राजदुतकी छोरीको कहानीमा यो चलचित्र घुम्नेछ । काठमाण्डौमा केही दिन छायांकन गरेपछि चलचित्रलाई लण्डनमा खिचिनेछ ।
आइकोर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा प्रभु शमशेर जवरा, प्रज्ज्वल शमशेर जबराको लगानी रहनेछ । चलचित्रमा सुलेखा राई, बसन्त तामाङ र सुस्मिता जिरेल सह(निर्माताको रुपमा छन् । चलचित्रमा रेनशा र प्रज्वलको कथा, अभिमन्यू दिक्षितको लेखन, आभाष कर्मचार्यको संवाद, शैलेन्द्रध्वज कार्कीको छायांकन, यूवी थापाको कस्ट्यूम डिजाइन, विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, सुजिल कर्मचार्य, हर्कुलेस बस्नेत र स्वप्न सुमनको संगीत रहनेछ ।

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (8)

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (2)

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (1)

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (9)

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (5)

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (4)

intu mintu london ma movie ft samragyee rajya laxmi shah and dhiraj magar (7)

प्रतिक्रिया