Bisal Chautari Logo

झरनाले भारतीय मुलका मलेसियिन व्यापारीसँग लगनगाठो कसिन् (फोटो फिचर)

- १ चैत्र २०७१, आईतवार ०८:४१ मा प्रकाशित


Jharana Bajracharya Gets Married boyfriend Rahul Agrawal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, चैत १, आइतबार । अभिनेत्री, तथा मोडल झरना बज्राचार्यले भारतीय मुलका मलेसियिन व्यापारी राहुल अग्रवालसँग बिहे गरेकी छन् । गत बिहीबार राजधानीको सितापाइलास्थित झरनाको निवासमा अग्रवालसँग लगनगाँठो कसेका हुन् ।

Jharana Bajracharya Gets Married boyfriend Rahul Agrawal
मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने अग्रवाल मलेसियाको राजधानी क्वालालम्पुरमा बस्दै आएका छन् । उनी मलेसियाका धनाढ्यमा पनि पर्छन् ।
Jharana Bajracharya Gets Married boyfriend Rahul Agrawal (3)विगत साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालबीच चलचित्रको सूटिङका क्रममा भेट भएको थियो । बिहेको एकदिन पछि शुक्रबार ३४ वर्ष पुगेकी झरनाको जोडी अहिले मुस्ताङको जोमसोममा हनिमून मनाउँदै छन् ।
गत वर्षदेखि नै झरना मलेसिया र काठमाडौं आधा आधा समय बिताउँदै आएकी थिइन् । झरनाले आफू प्रेममा रहेको खुलासा पनि सोही समयमा गरेकी थिइन् ।
तस्बिरहरु : lexlimbu.com

Jharana Bajracharya Gets Married boyfriend Rahul Agrawal (2) Jharana Bajracharya Gets Married boyfriend Rahul Agrawal (1)

झरनाले भारतीय मुलका मलेसियिन व्यापारीसँग लगनगाठो कसिन् (फोटो फिचर)

YOUR COMMENT HERE

प्रतिक्रिया