Bisal Chautari Logo

जितेनले ‘तिमी बिना’ एल्बमसंगै चार म्युजिक भिडियो सार्वजानिक गरे (भिडियो सहित)

- १६ आश्विन २०७३, आईतवार ०६:०१ मा प्रकाशित


jiten lepcha album TIMI BINA launch
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ असोज १६ आइतबार । एक दशक अघि निकै चर्चामा रहेको गायक जितेन लेप्चा फेरी नेपाली सांगीतिक क्षेत्रमा आफ्नो नयाँ एल्बम ‘तिमी बिना’ लिएर दर्शकमाझ आएका छन् ।
jiten-lepcha-album-timi-bina-launchएसियन म्युजिकले बजारमा ल्याएको ‘तिमी बिना’ नामक एल्बम गत बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै विमोचित भएको छ । एल्बमको विमोचन बरिष्ट संगीतकार राजु सिंहको प्रमुख आतिथ्यमा नेपाली संगीतका नयाँ–पुराना विभिन्न कलाकारहरु एसियन म्युजिकका अध्यक्ष इश्वर गुरुङ र पत्रकारमाझ विमोचन भएको थियो ।
एल्बमसंगै ४ वटा म्युजिक भिडियो समेत कार्यक्रममै देखाइएको थियो । तिम्रो जस्तो भाग्य, तिमी बिना, झिल्केले लगाएतका गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । अनुप गिरी, जिबन रसाइली र अयूब केसी लगाएतले निर्माण गरेको म्युजिक भिडियोलाई कार्यक्रममा देखाइएको थियो ।
कार्यक्रममा बोल्दै बरिष्ठ संगीतकार राजु सिंहले जितेन निकै राम्रो प्रतिभा भएको बताउंदै गायनलाई निरन्तरता दिन जितेनलाई सल्लाह दिए । यस्तै आफ्नो आर्थिक अवस्था र विभिन्न कारणले गर्दा एल्बम निकाल्न नसकिएको बताउंदै गायक लेप्चाले एसियन म्युजिकले आफ्नो सांगीतिक जीवनमा पुनर्जन्म दिएको बताए ।

TIMI BINA by jiten lepcha || new nepali pop song 2016 || asian music || official video HD

TIMI BINA……………………………..(TIMI BINA )
VOCAL – JITEN LEPCHA
LYRICS/MUSIC – JITEN LEPCHA
MODEL – SUSHIL KAFLE/ BOBBY SUBBA
CAMERA – ARJUN TIWARI
EDIT / DIRECTION – ANUP GIRI
AUDIO ON ASIAN MUSIC 2016

Timro Jasto Vagya|| jiten lepcha || new nepali pop song || official video HD

TIMRO JASTO…………………………………( TIMI BINA)
VOCAL – JITEN LEPCHA
LYRICS – KOPILA RAI
MUSIC – PRAMOD MOKTAN
CAMERA – MILAN SHANKAR
EDIT./DIR .- ANUP GIRI
AUDIO – ASIAN MUSIC 2015

Jhilke le by jiten lepcha ||Milan Shankar || nepali pop song 2016 || official video HD

JHILKE LE……………………………….(TIMI BINA)
VOCAL- JITEN LEPCHA
LYRICS/MUSIC- JITEN LEPCHA
EDIT/VFX – BISHAL THAPA
COREOGRAPHER-ROHAN NEPALI
CAMERA/DIR.- JEEVAN RASAILI
AUDIO/VIDEO- ASIAN MUSIC

प्रतिक्रिया