Bisal Chautari Logo

आस्थाको गीतमा जीवन र हिराको ‘चोखो छ माया’ अमेरीकामा यसरी छल्कियो (भिडियो सहित)

- २७ असार २०७४, मंगलवार ११:११ मा प्रकाशित


Jivan Luitel and Hira Mainali Chokho Chha Maya Astha Raut
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ अषाढ २७ मंगलबार । नेपाली चलचित्रका कुनै बेलाका चर्चित नायक जीवन लुइटेल अहिले अमेरिकामा छन् । जीवन अहिले नेपाल भन्दा बढी अमेरिकामा नै बसोबास गर्दै आएका छन् ।

Jivan Luitel and Hira Mainali Chokho Chha Maya Astha Rautअमेरिकामा रहेको समयमा जीवनले म्यूजिक भिडियोमा पनि मोडलिङ गर्दै आएका छन् । उनै, जीवनलाई निर्देशक श्याम भट्टराइले एक म्यूजिक भिडियोमा मोडलिङ गराएका छन् । ‘चोखो छ माया’ बोलको गीतको भिडियोमा जीवनसँग अमेरिकामा नै रहदै आएकी हिरा मैनालीले मोडलिङ गरेकी छिन् । भिडियोमा अमेरिकाको रमणिय दृश्यलाई कैद गरिएको छ । हिराले अभिनय गरेको यो पहिलो म्यूजिक भिडियो हो । उनले, आफू अब निरन्तर कलाकारितामा लाग्ने समेत बताइन् । गीतमा आस्था राउतको स्वर, हरि लम्सालको संगीत, गोविन्द प्रसाद उपाध्यायको शब्द छ । भिडियोमा अनुप गिरीको छायांकन तथा सम्पादन छ । गीतमा एक यूवतीले एक यूवकप्रति देखाएको चोखो मायाको भावलाई व्यक्त गरिएको छ ।

New Nepali Song | Chokho Chha Maya – Astha Raut Ft. Jivan Luitel & Hira Mainali

Chokho Chha Maya
Singer – Astha Raut
Lyrics – Govinda Prasad Upadhyay
Music – Hari Lamsal
Artists – Jivan Luitel & Hira Mainali
Editor – Anup Giri
Camera – Anup Giri
Director – Shyam Bhattarai

प्रतिक्रिया