Bisal Chautari Logo

पलको ‘जोनी जेन्टलम्यान’ नयाँ प्रदर्शन मिति सहित पोष्टर सार्वजनिक

- २५ श्रावण २०७४, बुधबार १२:५२ मा प्रकाशित


johnny gentleman nepali movie Releasing On 30th Bhadra 2074 ft Paul Shah, Aachal Sharma
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २५ बुधबार । अभिनेता पल शाह अभिनित चलचित्र ‘जोनी जेन्टलम्यान’ भदौ ३० गतेबाट रिलिज हुदैछ । गत जेठ १९ गते प्रदर्शन गर्ने भनिएतापनि पछि यो प्रेम र एक्सनले भरिएको चलचित्रको रिलिज मिति भदौ ३० लाई सारिएको थियो ।
johnny gentleman nepali movie Releasing On 30th Bhadra 2074 ft Paul Shah, Aachal Sharmaचलचित्र निर्माणपक्षले नयाँ प्रदर्शन मिति सहितको पोष्टर सार्वजनिक गर्दै प्रचारको सुरुवात गरेको छ । नया पोष्टरमा चलचित्रका मुख्य नायक पल शाह र नायिका आचल शर्मा स्याड मुडमा देखिएका छन् । यो पोष्टरलाई टौवा क्रियसनले तयार पारेको हो ।
यो बर्ष पलले एउटा हिट चलचित्र दिइसकेका छन् । चलचित्र ‘म यस्तो गीत गाउछु’ समिक्षात्क रुपामा राम्रो प्रसंसा पाउदै व्यावसायिक रुपमापनि हिट भयो ।
म्युजिक भिडियोमा आफुलाई अब्बल ठहराइ सकेका चर्चित म्युजिक भिडियो निर्देशक नितिन चन्दको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘जोनी जेन्टलेम्यान’ प्रदर्शनका लागि करिब १ महिना मात्र बाँकी रहेकाले निर्माणपक्षले राम्रै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
‘म यस्तो गीत गाउछु’ हिट भैसकेकाले पनि पलको क्रेजले ‘जोनी जेन्टलम्यान’लाई फाइदा गर्ने बुझाइ यसको निर्माणपक्षको छ । चलचित्रलाई एनड्रिउ पौडेलले निर्माण गरेका हुन् ।

प्रतिक्रिया