Bisal Chautari Logo

राज खम्बुको गीतमा पलसंग बुगीबुगी बिजेता कबिताको पहिलो म्युजिक भिडियो सार्वजनिक (भिडियो हेर्नुहोस)

- २८ भाद्र २०७५, बिहीबार १०:५० मा प्रकाशित


Kabita Nepali and Paul Shah official video Yahi ta hola Maya Raaz Khambu
विशाल चौतारी समाचार
काठमाडौ, २०७५ भाद्र २८, बिहिबार । गायक राज खम्बुको नयाँ म्युजिक भिडियोको सार्वजनिक भएको छ । केही समय अगाडी सम्पन्न भएको बुगीवगीका बिजेता कबिता नेपाली र चर्चित अभिनेता पल शाह फिचरिङ ‘यही त होला माया’ बोलको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको हो । बुगीवगीको बिजेता बनेपछि कबिताको यो पहिलो म्युजिक भिडियो हो ।

भिडियो हेर्नुहोस :-


सार्वजनिक गीतमा एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको छ । गीतको एरेञ्ज प्रदिप श्रेयठले गरेका हुन्, भने मिक्सिङ किश्वर थापाको रहेको छ ।
डान्सिङ जनरामा बनेको म्युजिक भिडियोमा कविता नेपालीको एक फ्यानको भुमिकामा चर्चित अभिनेता पल शाहलाई देख्न सकिन्छ । म्युजिक भिडियोमा अभिनेता पल शाह र कबिताको जोडी जमेको छ । पल र कबिताको जोडीलाई भिडियोमा उतार्ने काम भने चर्चित भिडियो सम्पादक तथा निर्देशक टेकेन्द्र शाहले गरेका छन् । पहिलो म्युजिक भिडियो भएपनि कबिताको काम उत्कृष्ट देखिएको छ । म्युजिक भिडियोमा पल र कबिताको रामान्स सहितको डान्स देख्न सकिन्छ ।
विशाल चौतारी मिडिया प्रा.लीको युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा प्रशान्त तमाङको कोरियोग्राफी रहेको छ, भने राम कुमार केसीको सिनेमाटोग्राफी रहेको छ । भिडियोको सम्पादन भने निर्देशक स्वयम टेकेन्द्रले गरेका हुन् ।
गायक राज खम्बुको यो गीत ‘मत तिम्रो’एल्बममा समावेश रहनेछ । गायक खम्बुको पहिलो एल्बम १० वर्ष अगाडी ‘चिनो’ बजारमा आएको थियो । दोस्रो एल्बम ‘मत तिम्रो’को प्रस्तुतकर्ता स्वर्गीय अन्सु राई हुन् । दोस्रो एल्बमको बारेमा बोल्दै गायक राज खम्बुले भने ‘ मेरो दोस्रो एल्बम जुनमा रिलिज हुन लागेको थियो, तर मेरो श्रीमती बित्नुभएको कारणले रिलिज हुन सकेन । अब यो एल्बम मेरो श्रीमतीको वार्षिकिमा रिरिज हुदैछ’, गायक राज खम्बुले बताए ।

 

प्रतिक्रिया