Bisal Chautari Logo

पुत्र वियोगमा परेको प्रचण्डलाई समावेदनाको साट्टो माफी माग्न लगाए कामल थापाले

- ८ मंसिर २०७४, शुक्रबार १०:०३ मा प्रकाशित


Kamal Thapa used to apologize for Prachand
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ मंसिर ०८ शुक्रवार । नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई पुत्र वियोग परेको बेला उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री राप्रपा अध्यक्ष कमल थापाले प्रचण्डलाई माफी माग्न सुझाव दिएका छन् । पुत्र वियोगमा समावेदना दिनुको साट्टो माफी माग्न लागाएको हो ।
प्रचण्डको एक मात्र छोरा प्रकाशको आइतबार निधन भएको थियो । पुत्र गुमाएर पिडमा रहेको बेला मन्त्री थापाले जनयुद्धका क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकासँग क्षमायाचना गर्नु पर्ने सुझव दिएका हुन ।
मन्त्री थापाले शुत्रबार बिहानै ट्वीटरमा भनेका छन् पुत्र र पुत्री शोकका पिडा कति असह्य हुन्छ । शब्दमा वर्णन गर्न सकिन्न । प्रकाशको निधनले प्रचण्ड परिवारमा पर्न गएको क्षतिमा सबैको सहानुभूति रहेको छ । विह्वल भएको घडीमा अन्यर्थ अथै नलाग्ने हो भने जनयुद्धको क्रममा कोख रित्तिएका र सिंदुर पुछिएकाप्रति प्रचण्डको क्षमायचना शायाद शान्दभिक हुने थियो ।

प्रतिक्रिया