Bisal Chautari Logo

ह्यारी केनले तोडे मेस्सी र शेयररको रेकर्ड

- १२ पुष २०७४, बुधबार १०:१७ मा प्रकाशित


Kenley Break Messi and Sharer’s Record
एजेन्सी
काठमाडौँ ,२०७४ पुस १२ बुधबार । ह्यारी केनले एकै क्यालेन्डर वर्षमा सर्वाधिक गोल गर्ने नयाँ प्रिमियर लिग रेकर्ड बनाएका छन् । ह्यारी केनले आजको साउथह्याम्पटनसँगको खेलमा तीन गोल गर्दै नयाँ रेकड बनाएको हो ।
उनले यस वर्षका लागि प्रिमियर लिगमा आफ्नो गोल सङ्ख्या ३९ पुर्‍याएका छन्। सन् १९९५ मा ४२ खेल खेल्दै न्युकासलका पूर्व स्ट्राइकर एलेन शेयररलेले ३६ गोल गरेका थिए जुन रेकर्ड अहिलेसम्म कायम थियो ।
युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने रेकर्ड पनि केनले तोडेका छन् । यस वर्ष सबै प्रतियोगितामा केनको ५६ गोल छ । त्यस्तै लियोनल मेस्सीको ५४ गोल छ र क्रिस्टियानो रोनाल्डोको यस वर्ष ५३ गोल रहेको छ ।

प्रतिक्रिया