Bisal Chautari Logo

‘वारि जमुना पारि जमुना’ र ‘आलुतामाले’ का गायक खेमराज गुरुङको निधन

- ९ भाद्र २०७३, बिहीबार १४:४१ मा प्रकाशित


khem raj gurung Died
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाद्र ९ बिहिबार । चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन भएको छ । फइल तस्बिर
जण्डिस बिग्रिएपछि १० दिनदेखि चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेका गुरुङको बिहीबार साँझ ५:५० बजेतिर उनको निधन भएको अस्पतालले जनाएको छ ।
khem raj gurung Died-1गुरुङको ‘आलुतामाले’ गीतसमेत समेत चर्चित छ । थप उपचारका उनलाई बिहीबार एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल लैजाने तयारी गरिए पनि नाजुक अवस्थामा लैजान उपयुक्त नभएको चिकित्सकको सुझावपछि अन्तिम समयमा रद्द गरिएको थियो ।
गुरुङको निधनको खबरले अस्पताल परिसरमा भिडभाड लागेको छ । गुरुङका आलुतामा, धरान–पोखरा, सोल्टी, अनमोल, ढाक्रे, जीवन, जीवन–२लगायत एल्बम चर्चित छन् ।

प्रतिक्रिया